रुपन्देही २८ चैत । रुपन्देहीको कञ्चन गाउँपालिका वार्ड नं.३ स्थित धौलागिरीचोकमा आफ्नै ससुराले बुहारीमाथि बञ्चरो प्रहार गरेका छन् । ससुरा चन्द्रमणी पौडेलले आफ्नै बुहारी लिला पौडेलको टाउकोमा बञ्चरोले हानेर संख्त घाइते बनाएको बताइको छ । विहिवार बिहान भान्साकोठामा काम गरिरहेकी बुहारी लिलालाई बञ्चरोले तीनपटकसम्म हानेर रगताम्य बनाई झोला बोकेर गरगरे कान्छीआमाको घर जान्छु भनि पैदल…