रुपन्देही १९ चैत । नेपाली काँग्रेस पाल्पाका सभापति तथा प्रदेश पाँचका सांसद बीरबहादुर रानाले बुटवलको धागो कारखानामा वनाईएको अस्थायी आईसोलेसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका बाबुराम थापाको परिवारलाई क्षतिपूर्ति र राहत दिन सरकारसंग माग गर्नुभएको छ । सांसद रानाले एक विज्ञप्ती जारी गर्दै पाल्पाको रिब्दीकोट गाउँपालिका–५, कुसुमखोला स्थायी घर भई सैनामैना नगरपालिकामा अस्थायी बसोवास गर्दै आएका ३४ वर्षीय…