लुम्बिनी

कोरोना रोकथामका लागी सामाग्री वितरण ।



कपिलवस्तु
कोरोना रोकथामका लागी कपिलवस्तुको कालिका स्वावलम्वन सामाजिक केन्द्रले सामाग्री हस्तान्तरण गरेको छ । फेयरमेड फाउण्डेसनको सहयोगमा हेल्प डेस्क तथा क्वारेन्टाइनमा हात धुने कर्नर ब्यवस्थापनको लागी बाल्टी,बाटा मग, टुल, साबुन सेनिटाइजर तथा पिउने पानी एवं पिउने पानीका बोत्तलहरु वितरण गरीएको हो । रुपन्देही, कपिलवस्तु र नवलपरासीका १० स्थानिय तहमा सामाग्री वितरण गरेको कालिकाका कार्यकारी निर्देशक अर्जुन थापा मगरले वताउनु भयो ।
केन्द्रले ह्याण्ड सेनिटाइजर (५०० एम.एल) ११० बोटल, स्ट्राइल ग्लोभ्स १००० जोर, नन स्ट्राइल ग्लोभ्स १५०० जोर, डिस इन्फेक्सन लाईजोल ५९ बोटल, डिटोल साबुन २०० पिस वितरण गरेको हो । जस मध्ये कोरोना अस्पतालको रुपमा तयार भैरहेको भिम अस्पताल भैरहवाका लागी ह्याण्ड सेनिटाइजर (५०० एम.एल) ५० पिस, स्ट्राइल ग्लोभ्स ५०० जोर, नन स्ट्राइल ग्लोभ्स ७५० जोर, डिस इन्फेक्सन लाईजोल ३० बोटल, डिटोल साबुन ५० पिस वितरण गरेको फेयरमेड फाउण्डेसन नेपालका परियोजना संयोजक शशि कुमार लाल कणर््ाले वताउनु भयो ।


प्रकाशित : १९ चैत्र २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६