कपिलबस्तु, २७ फागुन । जिल्लाको सदरमुकाम तौलिहवास्थित तौलेश्वरनाथ महादेव मन्दिरबाट एक लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । महाशिवरात्रिको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा उक्त भेटी संकलन भएको हो । नेपालकै ठुलो शिवलिङ्ग दाबी गरिएकोे मन्दिरमा महाशिवरात्रिमा हजारौं भक्तजनले पूजापाठ गर्ने गर्छन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामकुमार गुप्ताका अनुसार महाशिवरात्रीिमा तौलेश्वरनाथ महादेव मन्दिरमा १ लाख…