कपिलवस्तु ९ भदौ । पाल्पामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। गल्याङबाट साङ्लियातर्फ जाँदै गरेको ग।१ ज ६५३४ नम्बरको बोलेरो जीप गल्याङ नगरपालिका–८ करादीस्थित सडकमा अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा गल्याङ–८ की २५ वर्षीया सदिक्षा थापा मगर पचभैया र गल्याङ–९ का ६० वर्षीय यमबहादुर विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।…