गुल्मी, २३ फागुन । गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल प्रहरीको एक पोष्ट बस्ने भएको छ । गत वैशाख महिनाको अन्तिम सातादेखि नियमित उडान सुरु भएको यस विमानस्थलको सुरक्षाका लागि नेपाल प्रहरीको एक पोष्ट बस्ने भएको बताइएको छ । यस विमानस्थलमा उडान हुने दिनमा मात्र प्रहरी पठाएर सुरक्षा दिने काम भइरहेको छ । सुरक्षा र विमानस्थलको संवेदनशीलतालाई…