बुटवल, २० फागुन । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा बुटवलमा मँगलबारदेखि लुम्बिनी प्रदेशस्तरीय कला प्रदर्शनी आयोजना हुने भएको छ । रुपन्देही उद्योग संघको हलमा प्रतिष्ठानको प्रादेशिक ललितकला प्रदर्शनी २०८० का लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । ललितकला प्रदर्शनीबारे जानकारी गराउन आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलती…