बुटवल, १६ कात्तिक । हाल लुम्बिनीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी कामु प्रमुख सचिवमा कार्यरत राधिका अर्याल सचिवमा बढुवा भएकी छन् । उनी प्रशासनतर्फबाट सचिव बनेकी हुन् । बिहीबार विहान बसेको मन्त्रिपरिषद बैठकले अर्यालसंगै विश्वबाबु पुडासैनीलाई सचिवमा बढुवा गरेको छ । निजामती सेवाका सचिवहरु डा. दामोदर रेग्मी र अर्जुनजंग थापा उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि अर्याल…