प्रदेश

१४ औँ कपिलवस्तु महोत्सवको उद्घाटन गर्न चन्द्र भण्डारी आउने



कपिलवस्तु, १७ मंसिर । १४ औँ कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी २०८० को उद्घाटन नेपाली काँग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले गर्ने भएका छन् । लामो छलफलपछि आयोजक वाणगंगा वेलफेयर सोसाइटीले भण्डारीबाट महोत्सवको उद्घाटन गर्ने निर्णय गरेको हो । आगामी मंसिर २१ गते बुद्ध रंगशालामा भण्डारीले महोत्सवको उद्घाटन गर्नेछन् ।

ग्याँस विसफोट भएपछि ठुलो दुर्घटनामा परेका भण्डारी लामो उपचारपछि पुर्नजीवन पाएका नेता हुन् । उपचारपछि निको भएर उनले गरेको संसदको सम्बोधनदेखि सार्वजनिक कार्यक्रमका भाषण सामाजिक संजालमा चर्चित छन् ।

काँग्रेसको नेता भए पनि भण्डारी सबैको प्रिय नेता मानिन्छन् । इमान्दार चरित्र र प्रष्ट बोल्ने उनको विशेषता हो । यिनै विशेषता रहेका र अहिलेका सर्वाधिक चर्चामा रहेका कारण यसपटक भण्डारीलाई उद्घाटनको प्रमुख अतिथि बनाउने निर्णय गरिएको सोसाइटीका अध्यक्ष तथा महोत्सवका संयोजक राज कुमार खााणले जानकारी दिए ।

उद्घाटनको अवसरमा भण्डारीसंगै जिल्लाका मन्त्री र नेताहरु सहभागि हुनेछन् भने बिभिन्न पालिकाका प्रमुख पनि सहभागि हुनेछन् । उद्घाटन अघि बिभिन्न स्थानबाट बाजागाजासहितको सांस्कृति झाँकी निकाल्ने तयारी भएको महोत्सवका निर्देशक तथा सोसाइटीका महासचिव बुद्धि बहादुर रोकाको भनाई छ ।

प्रकाशित : १७ मंसिर २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६