पाल्पा, ०८ माघ। पाल्पाको रम्भा गाउँपालिकामा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक युवाले ज्यान गुमाएका छन् । रम्भा गाउँपालिका–१ असर्दी बस्ने २८ वर्षीय हेमन्त जी.टी. को दुर्घटनामा परी ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता श्रीराम भट्टले जानकारी दिए । पिपलडाँडाबाट हुँगीतर्फ जाँदै गरेको ग १४ प ३७५ नम्बरको मोटरसाइकल आइतबार राति करिब १० बजे कालीगण्डकी…