पाल्पा ११ माघ । घाँस काट्ने क्रममा भालुको आक्रमणमा परी पाल्पामा एक जना घाइते भएका छन् । घाइते हुनेमा तिनाउ गाउँपालिका–२, का देउबहादुर विक रहनुभएको छ ।घर नजिकै रहेको आँपखोली समुदायिक वनमा मङ्गलबार बेलुकी श्रीमान् श्रीमतीसँगै घाँस काट्ने क्रममा विकलाई भालुले एक्कासी आक्रमण गरेको थियो ।भालुको आक्रमणबाट गम्भीर घाइते हुनुभएका विकलाई उद्दार गरी उपचारका लागि…