डिलाराम भुसाल
कपिलवस्तु २० कातिक
कपिलवस्तु प्रहरीले जिल्लाका विभिन्न स्थानबाट बरामद गरेको ३ लाख ३६ हजार रुपैयाँ मूल्य बराबरका पटाका नष्ट गरेको बथाएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा आयोजित पत्रकार भेटघाट कार्यक्रम मा बरामद गरिएका पटाका नष्ट गरिएको छ । जिल्लाका विभिन्न प्रहरी युनिटले अवैध रूपमा भित्र्याइएका तथा बिक्री वितरणका लागि राखिएका पटाका नियन्त्रणमा लिएका पटाका नष्ट गर्ने कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोहर भट्ट, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाललगायत दर्जनौँ पत्रकारको सहभागिता रहेको थियो।

कार्यक्रममा प्रहरी उपरीक्षक भट्टले चाडपर्व तथा विशेष अवसरमा पटाकाको प्रयोगले आगलागी, दुर्घटना, जनधनको क्षति र वातावरणीय प्रदूषणको जोखिम बढाउने बताउँदै यसको नियन्त्रणमा प्रहरी सक्रिय रहेको बताएका छन् ।

, “भट्टले पटाका मनोरञ्जनका लागि प्रयोग गरिने वस्तु भए पनि यसले मानवीय स्वास्थ्य, जनधन र वातावरणमा गम्भीर असर पार्न सक्छ। अवैध रूपमा पटाका ओसारपसार, बिक्री वितरण तथा प्रयोग गर्ने कार्यलाई नियन्त्रण गर्न प्रहरी प्रतिबद्ध छ। यस्ता गतिविधि रोक्न प्रहरीको अभियान निरन्तर जारी रहनेबताउदै
एसपी भट्टले अवैध पटाका कारोबार तथा प्रयोगबारे सूचना उपलब्ध गराई प्रहरीलाई सहयोग गर्न सर्वसाधारणसँग आग्रहसमेत गरेका छन् ।
प्रहरीले शान्ति सुरक्षा कायम राख्न, सम्भावित दुर्घटना न्यूनीकरण गर्न तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यस्ता नियन्त्रण तथा सचेतनामूलक गतिविधिलाई निरन्तरता दिने जनाएको छ।









प्रतिक्रिया