काठमाण्डौ, १७ वैशाख । वीर गणेशमान सिंह राष्ट्रिय टी–२० क्रिकेटको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । आज भएको फाइनल खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई ३१ रनले हरायो । लुम्बिनीले दिएको १ सय १७ रनको लक्ष्य पछ्याएको कर्णाली १५ ओभर ३ बलमा ८५ रनमा अल आउट भयो । कर्णालीका विपिन शाहीले सबैभन्दा धेरै २८ रन बनाए ।…