खेलकुद

तिलौराकोट गोल्डकपको फाईनलमा हनामि बिएफसी चितवन




कपिलवस्तु, २२ चैत्र ।
प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको अन्तिम सेमिफाइनल खेलमा हनामी बीएफसी चितवन ३ गोल गर्दै फाईनलमा प्रवेश गरेको छ । चितवनले सुदूरपश्चिम –११ लाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । 


बाणगङ्गा स्थित बुद्ध रङ्गशालामा दिउसो साढे करिब सवा ४ बजे देखि सुरु भएको खेलमा हनामी बीएफसी चितवनले पहिलो हाफमा २ गोल गरेको थियो । त्यस्तै अग्रता कायम राख्दै पुनः दोस्रो हाफमा १ गोल गरेको  हो । हनामी बीएफसीका विवेक गुरुङले पहिलो हाफमा  १ गोल गरे । त्यस्तै विकास थापाले १ गोल थपे । विकास थापाले दोस्रो हाफमा हेडिङ मार्फत १ गोल गर्न सफल भए र हनामी बीएफसीले ३ गोल गरेको हो । यस विचमा सुदूरपश्चिम –११ ले महत्वपुर्ण गोल गर्न चुकेको थियो ।


सुदूरपश्चिमेली विभागीय टोली त्रिभुवन आर्मीलाई टाइ ब्रेरकरमा पराजित गरी सेमिफाइनलमा पुगेको टोली हो भने हनामी बीएफसीले ए डिभिजन क्लब मछिन्द्रलाई पराजित गरी सेमिफाइनलमा स्थान बनाउन सफल भएको थियो । 


मोफसलका टोली भए पनि विभागीय र ए डिभिजन क्लबलाई हराएको हुनाले यी दुई टोलीबीचको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको थियो । यद्यपि सोचेजस्तो खेल हेर्न भने दर्शकले पाएनन् ।

 
गोल्डकपको उपाधिको लागि नेपाल पुलिस क्लब र हनामी बीएफसी विच चैत्र २४ गते खेल हुनेछ । पुलिसले उपाधिको प्रमुख दाबेदार टोली थ्री स्टार माथि १ शून्यको सङ्घर्षपूर्ण जित हासिल गरेको थियो ।


विजेताले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ हजार संगै ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १ लाख रुपैयाँ पाउने आयोजक कपिलवस्तु फुटबल संघले जनाएको छ ।

प्रकाशित : २२ चैत्र २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६