कपिलवस्तु, २१ चैत्र । प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको फाइनलमा नेपाल पुलिस क्लब प्रवेश गरेको छ । थ्री स्टार क्लबलाई १ – ० गोल अन्तरले पराजित गर्दै पुलिस फाइनलमा पुगेको हो । बुद्ध रङ्गशालामा बुधबार भएको सेमिफाइनल खेल बाट पुलिस फाइनलमा पुगेको हो । खेलको ५१ औं मिनेटमा विवेक पाण्डेले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए…