दाङ १५ कार्तिक ।लुम्बिनी प्रदेशको राजधानी तोकिएको देउखुरी क्षेत्र जैविक मार्ग र साँघुरो घाँटी (बोटल नेक) भएको स्थानमा परेपछि वातावरण विज्ञले चिन्ता व्यक्त गरेका छन् । संघीय सरकारले संरक्षित क्षेत्र तोक्दै करोडौं रकम खर्चिएको क्षेत्रमै प्रदेश सभाले प्रदेशको स्थायी राजधानी तोकेको हो । यो क्षेत्रलाई पर्यावरणीय रुपमा दाउरा झिक्न समेत प्रतिवन्ध लगाइएको क्षेत्र मानिन्छ ।…