काठमाडौं २३ जेठ महानगरपालिकाभित्र थुप्रिएको फोहोर भोलिबाट उठाउने सहमति भएको छ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको रोहबरमा सोमबार भएको जनप्रतिनिधिहरुबीचको वार्ताले सो सहमति जुटाएको हो ।काठमाडौंमा दस दिनदेखि थुप्रिएको फोहोर मंगलबार बिहानबाट बञ्चरेडाँडा डम्पिङ साइटमा लैजान सहमति भएको हो ।सिसडोल र बञ्चरेडाँडाका जनप्रतिनिधिहरूको सहभागितामा भएको वार्ताले स्थानीयका माग सम्बोधन गर्न समय तालिकासहित प्रतिबद्धतापत्र जारी गरेको…