अर्थ-वाणिज्य

गजेहडा हाटबजार ब्यवस्थित बन्ने



 कपिलवस्तु ६ फागुन । कपिलवस्तु जिल्लाका सबैभन्दा पुरानो हाट बजार गजेहडा हाटबजार अब ब्यवस्थित बन्ने भएको छ । बजारको मूख्य सडक देखी बजारबासीको घर आगनमा साताको बिहिबार लाग्दै बजारलाई ब्यवस्थित बनाउने कार्य शुरु भएको छ । गजेहडा बजारको रुपमा परिचित बिहिबार लाग्ने हाट बजार ब्यवस्थित बन्ने भएपछि स्थानिय खुसी भएका छ । सडक छेउछाउमै लाग्दै आएको हाटबजारले स्थानीयलाई आवतजावत गर्न समस्या हुनुका साथै बजारको दिन सवारी चलाउन समेत चालकलाई समस्या हुदै आएको छ । अब बजारलाई ब्यवस्थित रुपमा सञ्चालन गर्न बुद्ध आवाज रेडियो र टेलिभिजन रहेको भवन अघिको खाली जग्गालाई ब्यवस्थित बनाउने काम शुरु भएको छ । स्थानियको मागलाई मध्यनजर गदै बजारलाई व्यवस्थित बनाउन लागिएको नागरिक समाजका अध्यक्ष दोलखबहादुर पछाइको भनाई छ । अध्यक्ष पछाईले बजारका लागि ५ कठ्ठा जग्गा भाडमा दिनुभएको छ । बाटोमा बजार लाग्दा बाटोमा सवारी मात्रै होईन दुर्घटनाका साथै फोहोर धेरै हुदा बाटोमा भएका घर वस्तिहरुलाई पनि समस्या पर्दै आएको छ । बजारका लागि नागरिक समाज कपिलवस्तु पूर्ब अध्यक्ष द्रोण राज सुवेदी पनि ५ कठ्ठा जग्गा भाडामा उपलब्ध गराउनुभएको छ ।  यस्तै बजारकै लागि स्थानिय तुल्सी पौडेलको पनि ४ कठ्ठा जग्गा भाडामा दिएको र ५ वर्षका लागि कठाको ६ हजारका दरले तीनजनाको जग्गा भाडामा लिएको गजेहडा बजार विकास समितिका अध्यक्ष गोबिन्द प्रसाद ज्ञवालीको भनाई छ ।बाटोमा लाग्दै आएको बजार व्यवस्थि तबन लाग्दा स्थानिय घनस्याम पौडेलले खुसि व्यक्त गर्नु भयो ।  अहिले बुद्ध आवाज अघि रहेको खाली जग्गालाई व्यवस्थित बनाउन माटो सम्माउने काम ,स्थानियलाई ओहोरदोहोरमा सहज बनाउन भित्री बाटो बनाउने लगाएतका थुप्रै काम भैरहेका छन ।

प्रकाशित : ६ फाल्गुन २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६