अर्थ-वाणिज्य

यशोधराको लेखामा तालाबन्दी : फर्जी २० योजनाको भुक्तानी रोकिदाको परिणाम



कपिलबस्तु ८ फागुन । सुन्दा पत्यार नलाग्न सक्छ एक गाउपालिकाको कार्यपालिका बैठकले आफ्नै लेखा शाखामा ताला लगाउने निर्णय गरयो भनेर । तर कपिलबस्तु जिल्लाको यशोधरा गाउपालिकामा यस्तै निर्णयको कार्यान्वयन भएको छ। जसका कारण लेखा शाखामा मगलवारबाट अनिश्चित तालाबन्दी गरिएको छ । गाउँपालीका का वर्डा नंं. ५ र ६ का अध्यक्षले कार्यपालिकाको निर्णय अनुसार   लेखा अधिकृत निराजन लम्सालको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । के कारणले ताला बन्दी गरियो भन्ने कुरा जनप्रतिनिधीले  दिने जवाफ उनीहरु संग छैन ।  कार्यपालिका बैठकको माइन्युट अनुसार स्थानिय उपभोक्ता समितिले काम गरे बापत पाउनु पर्ने रकम लेखाले निकासा नगरिदिएको र अनावश्यक दुख दिएका कारण तालाबन्दी गर्नु परेको उल्लेख छ ।

        तर वास्तविक कारण ठिक विपरित छ। गाउँपालिकामा हुदै नभएका योजनाको बिल पेश भएको र  लेखा अधिकृत लम्सालले भुक्तानी नगरेपछी ताला लगाएको गाउपालिकाका अन्य कर्मचारीको भनाई छ। लेखा अधिकृत लम्सालले यो विषय सबैलाई थाहा छ म नियम कानुन भन्दा वाहिर जान चाहान्न जनप्रतिनिधीहरु आफ्नो निर्णय भएपछि संसार कब्जा हुन्छ भन्ने पक्षमा रहन्छन्  विवाद त्यही नै हो उहाले भन्नु भयो ।श्रोतका अनुसार  विवाद गत वर्ष देखिकै हो गाउपालिका अध्यक्ष गिरजेश कुमार पाण्डेले २० वटा फर्जी योजनाको एक करोड वढी रकम वीलका आधारमा भुक्तानी दिन लेखा अधिकृतलाई आग्रह गरे ।

         लेखा अधिकृतले ती योजना फर्जी हुन भन्ने उजुरी परेकाले भुक्तानी दिन नसक्ने वताए । त्यसपछि कार्यपालिका बैठक नै वसेर लेखा अधिकृत सरुवाको माग गर्दै अध्यक्ष पाण्डे सहितको टोली मन्त्रालय पुग्यो । मन्त्रालयले सुरुमा सरुवा गरिदिने आश्वासन दिएको थियो । तर पछि लेखाअधिकृत सही रहेको  अध्यक्ष  पाण्डे सहितले फर्जी  योजनाको भुक्तानी गर्न दिएको दवाव नमान्दा यस्तो माग भएको बुझेपछि सरुवा रोकियो ।

            त्यसयता अध्यक्ष पाण्डे लेखा अधिकृत लम्सालसंग टाढिदै गएका हुन्। विचमा एक दुई  पटक लम्साल माथि हातपातको प्रयास भएको थियो तर निर्दोष लम्सालले डटेर मुकाविला गरे । फलस्वरुप उनी अफिस नगएको दिन अनिश्चित तालाबन्दी गरिएको हो । अध्यक्ष पाण्डेले तालावन्दी आफूले नभई वडाध्यक्षले गरेको  जानकारी पाएको प्रतिकृया दिए । कार्यपालिकाले नै तालावन्दीको निर्णय गरेको विषयमा जानकारी लिदा कार्यपालीकामा लेखावाट समस्या भयो भन्ने विषय उठेको वताए । मिडियामा आफू धेरै बोल्न नचाहेको उनले स्पष्ट पारे । 

प्रकाशित : ८ फाल्गुन २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६