प्रदेश

डब्लूएचओको निर्देशकमा बाणगंगाका डा. आचार्य



कपिलवस्तु ९ फागुन ।  कपिलवस्तु वाणगंगा नगरपालीका २ पिपराका डा. शम्भु आचार्य विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) मुख्यालयको उच्च पदमा पुग्ने पहिलो नेपाली बन्न सफल हुनुभएको छ  । डब्लूएचओले १९ फेब्रुअरीमा आचार्यलाई संगठनको मुख्यालय जेनेभास्थित कार्यालयको कन्ट्री स्ट्राटजी एन्ड सपोर्ट विभागको निर्देशकमा नियुक्त गरेको छ । डब्लूएचओ मुख्यालयको उच्चस्तर मानिएको यो पदमा हालसम्म कुनै पनि नेपाली पुग्न सकेका थिएनन् । उक्त विभाग डब्लूएचओका महासचिवको कार्यालय अन्तर्गत पर्छ । डा आचार्यले डब्लूएचओका महासचिव ट्रेडोसको सुपरिवेक्षणमा रहेर काम गर्नुहुने छ ।  डब्लूएचओका बहुक्षेत्रीय कार्यक्रमका लागि रणनीतिक दिशा र भिजन दिने काम गर्नका लागि उहाँँलाई उक्त पद दिइएको हो । उहाँले  डब्लूएचओका अन्य उच्च अधिकारीहरुसँग विश्वस्तरका डायलगहरुमा समेत सहभागिता जनाउनु पर्नेछ । आफू मुलुकको स्वास्थ्य क्षेत्र सुधारका लागि चाहिने सुझावसल्लाह दिन सधैभर तयार रहेको डा.आर्चायले बताउनुभएको छ । डा. आचार्यले सार्वजनिक स्वास्थ्यका क्षेत्रमा अन्तर्रा्ष्ट्रिय स्तरमा रहेर विगत ३० वर्षदेखि काम गरेको अनुभव बटुल्नु भएको छ । उहाँले आफ्नो करिअर नेपालबाट शुरु गर्नुभएको हो ।

            पाल्पाको भुटुकामा जन्मिएका र बाणगंगा पिपराका बसाई सरी आएका  आचार्य ३३ वर्ष पहिले देश विदेश लाग्नुभएको थियो ।उहा समाजसेवि लोकनाथ आचार्यको सुपुत्र हुनुहुन्छ । लोकनाथ यो क्षेत्रको स्थापित समाजसेविको रुपमा रहदै आउनु भएको छ । गिलिङ्स स्कूल अफ ग्लोबल पब्लिक हेल्थ युनिभर्सिटी अफ नोर्थ क्यारोलिना अमेरिकाबाट स्वास्थ्य नीति तथा व्यवस्थापन विषयमा विद्यावारिधि गरेका आचार्यले विश्व ब्याङ्कको वासिङ्गटनस्थित कार्यालय र बाङ्लादेशको ढाकामा परामर्शदाताका रुपमा काम गरिसक्नु भएको छ ।

 

प्रकाशित : ९ फाल्गुन २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६