कपिलवस्तु १४ फागुन ।पटकपटक आएको बेमौसमी वर्षाका कारण कपिलवस्तु लगायत देशभरका इँटा व्यवसायीको करोडौ रुपैयाँ बरावरका काँचो इँटा नोक्सानी भएको छ । जस अनुसार कपिलवस्तुका इंटा व्यवसायीले तयारी अवस्थामा राखेका झन्डै २० करोड बराबरका इंटा नोक्सानी भएको दावी गरेका छन् ।
हिउँदे वर्षाका कारण जिल्लाका कुल ७५ बटा इँटा उद्योगको झन्डै ७ करोड काँचा इंटा नोक्सानी हुँदा २० करोड बरावरको नोक्सानी भएको इटा व्यवसायी संघ कपिलवस्तुका महासचिव कृष्ण सापकोटाको गुनासो छ । अधिकाँश भटमा पकाउन तयारी अवस्थामा राखिएको कांचो इंटा पटकपटकको वर्षाले नोक्सानी भएको छ । लाखौ रुपैयाँ राजश्व तिर्दा समेत वर्षाले गर्दा आपना इंटा नोक्सानी भएपनि सरकारी निकायबाट कुनै सहयोग नभएको व्यवसायी बताउँछन् ।
बर्षाले गर्दा इंटा भटमा कामगर्ने सयौ मजदुरको रोजीरोटी समेत प्रभावित बनेको छ । उता वर्षाले गर्दा देशका विभिन्न स्थानका इंटा व्यवसायीका समेत करोडौ मुल्य बराबरका इंटा नोक्सानी हुँदा यसवर्ष समेत उपभोक्ता मूल्यमा २ रुपैया मूल्यबृद्धि हुने आकलन ब्यावसायीले गरेको सापकोटाको भनाइछ ।
प्रतिक्रिया