अर्थ-वाणिज्य

एक महिने झोला बनाउने तालिम सुरु



कपिलवस्तु १५ फागुन । वाणगंगा नगरपालिकाको वडा नम्बर तिनमा एक महिने झोला बनाउने तालिम आजबाट सुरु भएको छ । वडा नम्बर ३ का वडा अध्यक्ष सन्तराम रौतारले कार्यक्रममा बोल्दै झोला बुन्ने कार्यक्रमले महिलाहरुलाई स्वारोजगार बन्न ठुलो सहयोग पुग्ने बताउनु भयो । साथै उहाँले तालिम सिक्ने सम्पूर्ण महिलालाई तालिम पछि सिपलाई व्यवसायी तरिकाले लौजान आग्रह गर्नु भयो । यमकुमारि बेल्वासेको अध्यक्षमा सुरुभएको उद्घाटन समारोह उपभोक्त समुहका सचिव राधा ढकालको स्वागत मनतव्यमा भएको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव पञ्चराम थारुले गर्नु भएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य सरिता देवि ढकाल, योगनाथ सुनार, वडा सदस्य राधा विक, रामआश्रे थारु लगायतको कार्यक्रममा उपस्थित रहेको थियो । एक महिना सम्म हुने झोला बनाउने तालिममा ४० जना महिलाको सहभागी रहने छ । जसको प्रशिक्षक बसन्ति सेनले गर्नु हुने छ ।

प्रकाशित : १५ फाल्गुन २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६