अर्थ-वाणिज्य

कञ्चनमा जातिय संग्राहलय बनाउछौं : अध्यक्ष क्षेत्री



कञ्चन १६ फागुन।कञ्चन गाउपालिकामा बिभिन्न जातिय संस्कृति तथा परम्पराहरुको संरक्षण र प्रबद्र्धन गर्न उद्धेश्यका साथ जातिय संग्राहलय निर्माण गरिने भएको छ । मगर,गुरुङ,नेवार,थारु आदी जातीहरुको पहिचान झल्किने गरी कञ्चनमा जातिय संग्राहलयको निर्माण गरिने कुरा कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले नेपाल मगर संघ कञ्चन गाउ कार्यसमितिले फागुन १५ गते ३८ औँ राष्ट्रिय मगर एकता तथा स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा  यस्तो बताउनु भएको हो ।

      ३८ औँ राष्ट्रिय मगर एकता तथा स्थापना दिवसको बिशेष कार्यक्रमको उद्धघाटन गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले हरेक जातीहरुले आफ्नो जाती भाषा धर्म संस्कृति र परमपरा प्रति गर्व गर्न सक्ने गरी मगर गुरुङ थारु लगायतका जातीहरुको संग्रहालय स्थापना गरिने बबताउनु भएको हो । उक्त संग्राहलयमा फरक फरक जातीको पहिचान झल्किने ती जातीहरुले प्रयोग गर्ने बिभिन्न जातिय सामाग्री राखिने र कञ्चनमा आउने बाह्य तथा आन्तरिक पर्यटकहरुका लागि आकर्षणको केन्द्र बनाइने बताउनु भएको छ।

      यसैगरी कञ्चन गाउपालिकाका उपाध्यक्ष गोमा तरामुले मगर जातीको एकता दिवसले हरेक जाती र समुदाय प्रति भाइचाराको सम्बन्ध स्थापित गरी कञ्चनको समृद्धका लागि कञ्चनका हरेक जातीहरु एक भएर लाग्न उत्प्रेरण मिल्ने बिश्वास ब्यक्त गर्नु भएको छ।कञ्चनका हरेक जातीहरु आफ्नो अधिकार र कर्तब्य प्रति सचेत भएको र आफु भित्र रहेको सचेततालाई कञ्चनको समृद्धिसंग जोड्न सके सुखी कञ्चनवासी बन्न समय नलाग्ने बताउनु भएको छ । नेपाल मगर संघ,कञ्चन गाउ कार्य समितिका निबर्तमान अध्यक्ष भैरब बहादुर थापाले मगर जातीलाई जातिय अधिकारको नारा बोकाएर शासकहरुले हामी माथी नै शासन गरिरहेको बताउनु भएको छ।    

       मगर जाती आफुले पाएको जिम्मेवारीबाट कहिल्यै चुक्न जान्दैनन तर मगर जातीको इमान्दारिताको फाइदा बिगत देखि हाल सम्म सोझा र इमान्दार आदीबासी जातीहरु माथी नै शासन गर्दै आचइरहेको बताउदै देशमा गणतन्त्र आएपनि आदीबासी जनजातीहरुको भाषा धर्म र संस्कृति माथी ती गैर जातीय भाषा,धर्म र संस्कृति जवरजस्ती थोपरिदै आइरहेको हुदा आदीबासी जनजातीहरुले आफ्नो जातिय अधिकारका लागि पुनः संघर्ष गर्नुपर्ने परिस्थिती सृजना भइरहेको बताउनु भएको छ ।

      कञ्चन गाउपालिका स्तरिय पुरुष भलिबल प्रतियोगिता,एकल नृत्य प्रतियोगिता तथा संस्थागत समूह नृत्य प्रतियोगिता सहित राष्ट्रिय तथा स्थानिय कलाकारहरुको समेत बिशेष सांगेतिक कार्यक्रम सहित मगर एकता तथा स्थापना दिवस कञ्चन गाउपालिका वार्ड नं. २ गजेडीको फुटवल मैदानमा मनाइएको हो ।

      मगर कला र संस्कृति झल्किने बिभिन्न सांस्कृतिक झांकी तथा खानाका परिकार समेत प्रदर्शन गरिएको कार्यक्रममा नेपाल मगर संघले मगर जातीको जातिय पहिचान,मगर कला र संस्कृतिको संरक्षण र प्रबद्र्धन गर्न नयां पुस्ता र अन्य जाती समुदायमामा समेत परिचित गराउन हरेक बर्ष फागुन १५ गते मगर एकता तथा स्थापना दिवस मनाउदै आएकोछ ।

      राष्ट्रिय मगर एकता तथा स्थापना दिवसको अवसरमा कञ्चन गाउपालिका स्तरिय पुरुष भलिवल प्रतियाृगिताका लागि १० टिमले प्रतिस्पर्धा गर्ने छन भने एकल नृत्य प्रतियोगिताका लागि १३ जना नृत्यांगानाहरुले सहभागिता जनाउने सचिव देब बहादुर थापा मगरले बताउनु भएको छ ।त्यस्तै भोलीकै कार्यक्रममा बिभिन्न आमा समूहरुले समूहगत नृत्य प्रतियोगितामा सहभागिता जनाई कार्यक्रमलाई थप आकर्षक बनाउने आयोजकले जनाएको छ।

      नेपाल मगर संघ,कञ्चन गाउकार्य समितिका अध्यक्ष डोल बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका उपाध्यक्ष दान कमारी लामिछाने मगरको स्वागत तथा मोती थापाले संचालन गर्नु भएको कार्यक्रममा सपना गाहा,प्रेम लामिछाने, शितल लामिछाने लगायत राष्ट्रिय तथा स्थानिय कलाकारहरुद्धारा सांगेतिक प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो ।

प्रकाशित : १६ फाल्गुन २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६