अर्थ-वाणिज्य

मुलुकको समृद्धिका लागि नीजि क्षेत्रको सहभागिता आवश्यक



बुटवल, १९ फागुन । मुलुकको राजश्व संकलनको प्रमुख हिस्साका रुपमा रहेको नीजि तथा व्यवसायीक क्षेत्रलाई हतोत्साहित गरेर समृद्धि हासिल नहुने सम्बन्धित क्षेत्रका अगुवाहरुले बताएका छन । घरबहाल महासंघ नेपालको चौथो साधारण सभा तथा दोश्रो अधिबेशनमा सहभागी बक्ताहरुले मुलुकको समृद्धिका लागि नीजि क्षेत्रको सहभागिता आवश्यक रहेको चर्चा गर्दै नीति निर्माण र कार्यान्वयनका क्रममा नीजि क्षेत्रको सहभागिता नहुँदा कानुनहरु व्यवसाय मैत्री हुन नसकेको भन्दै उनीहरुले चिन्ता ब्यक्त गरेका छन । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले सरकारको तिन खम्बे आर्थिक नीति अनुरुप नीजि क्षेत्रको सहभागिता तथा व्यवसायिक क्षेत्रसँगको बिकास, समन्वय र सहकार्यबाटै समृद्धि हासिल गर्न सघाउ पुग्ने बताउनुभयो । नीजि क्षेत्रलाई उत्साहित बनाउने नीतिहरु बनाउनु पर्ने आवश्यक्ता रहेको उल्लेख गर्दै सदस्य श्रेष्ठले तीन खम्बे अर्थ नीतिको सफल कार्यान्वयनले मात्रै मुलुक समृद्ध बन्न सक्ने बिचार व्यक्त गर्नुभयो । सो अवसरमा नेपाल घरबहाल महासंघका अध्यक्ष शंकर कोईरालाले उद्योग व्यवसाय संचालन गर्ने बहालवालाहरुले नै शहरको विकास र मुलुकको समृद्धिमा मुख्य योगदान गर्ने चर्चा गर्दै सरकार र सामाजिक क्षेत्रबाट यसको महत्व बुझ्ने प्रयास नहुँदा बहालमा बस्नेहरु माथि दोश्रो दर्जाको नागरिक सरह व्यवहार हुने गरेको अध्यक्ष कोईरालाले गुनासो गर्नुभयो । 

                         महासंघका पूर्व अध्यक्ष हेमराज पौडेलले लामो प्रयास पश्चात राज्यका तर्फबाट घरबहाल सम्बन्धी केही कानुनहरु बनेको भएपनि बहालमा बस्नेहरुको हकहित संरक्षण र बिकासका दृष्टिले अझै अपुग रहेको बताउनु भयो । अर्का पूर्व अध्यक्ष बलभद्र खनालले बहालमा बस्नेहरुका पक्षमा बोल्ने आवश्यक कानुन नबन्दा बहालवाला संधै असुरक्षित अवस्थामा रहने गरेको भन्दै राज्यको ध्यान नपुग्दा बहाल क्षेत्रबाट राजश्वको ठूलो हिस्सा गुमेको चर्चा गरे । नेकपा प्रदेश सदस्य नन्दिकेशर ढकालले समग्र देशको आर्थिक बिकासमा महत्वपुर्ण टेवा पुराउने बहाल क्षेत्रका समस्या समाधान गर्न राज्यको ध्यान नपुगेको भन्दै चिन्ता ब्यक्त गरेका थिए । नेपाल मानव अधिकार आयो बुटवल कार्यालयका अधिकृत ईन्द्रजित शाहनीले बहालमा बस्नेहरुका अधिकारहरु कुण्ठित गर्ने काम भैरहेको भन्दै अधिकार प्राप्तीका लागि एकताबद्ध भएर अघि बढ्न आग्रह गरे । कार्यक्रममा घरबहाल महासंघका सल्लाहकारहरु ईमान्दु बराल, श्रीराम गिरी, ओमप्रकाश पोखरेल, हरिश ढकाल, बरिष्ठ उपाध्यक्ष नवराज न्यौपाने, महासचिव सिताराम खतिवडा, सचिव लेखनाथ भण्डारी, कोषाध्यष केदार तिमिल्सिना, वन महासंघका राष्ट्रिय उपाध्यक्ष भिमप्रकाश खड्का लगाएतले घरबहाल क्षेत्रका समस्या र समाधानका उपायहरु बारे चर्चा गरेका थिए । 

                  कार्यक्रममा रुपन्देही शाखाका अध्यक्ष खगेन्द्र पौडेलसहित पत्रकारहरु हरिश ढकाल, सुमन अधिकारी, प्रकाश खनाल डिबी सुस्लीङ्गलाई सम्मान गरिएको थियो । महाधिबेशनले आगामी तीन बर्षका लागि बलभद्र खनालको अध्यक्षतामा ३१ सदस्सिय नयाँ नेतृत्व समेत सर्वसम्मत चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा नवराज न्यौपाने, महिला उपाध्यक्षमा पवित्रा रेग्मी, प्रादेशिक उपाध्यक्षहरुमा हरिप्रसाद रेग्मी, बालहरी अधिकारी, यामनाथ पौडेल, भिमप्रकाश खड्का, बिष्णु प्रसाद कंडेल, केदारनाथ तिमिल्सिना, सिताराम खतिवडा भयन भएका छन । यसैगरी महासचिवमा श्रीराम गिरी, सचिवमा राजुप्रसाद लिगल र हरिप्रसाद पाठक, कोषाध्यक्षमा मन्जुकुमारी पोखरेल, सहकोषाध्यक्षमा निर्विरोध चयन भएका छन ।यसैगरि सदस्यहरुमा गोपाल पौडेल, पाण्डव ढकाल, शिवप्रसाद पोखरेल, चेतनाथ सापकोटा, खिमानन्द पौडेल, प्रभात ढुंगाना, बिनोद कुमार निरौला, समिरलाल डंगोल, प्रकाश बम्जन र कन्चनमाला राजभण्डारी लगायत निर्विरोध रुपमा चयन भएको निर्वाचन समितिका संयोजक ईमान्दु बरालले बताए । 

प्रकाशित : १९ फाल्गुन २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६