अर्थ-वाणिज्य

महिलाले संचालन गरेका उद्योगलाई सुबिधै सुबिधा



रुपन्देही २० फागुन । फागुन २१ देखि चैत २ गतेसम्म बुटवलमा सञ्चालन हुन लागेको प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्येगिक कृषि प्रविधि व्यापार एवं पर्यटन महोत्सवमा महिलाहरुले सञ्चालन गरेका र प्रविधि सहित आउने उद्योगहरुलाई निशुल्क स्टलको व्यवस्था मिलाईएको छ । नेपाल घरेलु तथा साना उद्योग महासघ प्रदेश महिला उद्यमी समिति प्रदेश नं ५ को आयोजनामा गर्न लागिएको प्रादेशिक स्तरको महोत्सवमा महिलाका उद्योगलाई १२ हजारमा स्टल उपलब्ध गराईएको र स्टलमै उत्पादन गर्ने उद्योगीहरुलाई निशुल्क स्टलको व्यवस्था गरिएको प्रदेश महिला उद्यमी समिति प्रदेश ५ का संयोजक शान्ति शर्माले जनकारी दिनुभयो । 

        उहाँले मेला सञ्चालनको मिति नजिकिँदै गर्दा कामहरु करिब करिब सकिन लागेको र महिलाको नेतृत्वमा भएको पहिलो मेला हुने हुँदा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । ३ सय भन्दा वढि स्टलहरुको सहभागिता रहने महोत्सवमा स्वदेशी वस्तुको प्रवद्र्धनका लागि विशेष प्राथमिकता दिईएको महोत्सवले स्थानिय उत्पादनको दिगो बजारीकरणमा सहयोग पु¥याउने अपेक्षा आयोजकको रहेको उहाँको भनाई छ । संस्थाकी प्रदेश ५ महासचिव पार्वती अधिकारीले मेलामा स्टल निर्माणको काम ८० प्रतिशतसम्म सकिएको बताईन् । 

        महोत्सवमा कृषि बन पैदावार, हस्तकला, उर्जा, वायोग्याँस सहित पर्यटन प्रवद्र्धनका स्टलहरुको पनि सहभागिता रहने छ । पेशागत सम्मानको वातावरण निर्माण गरि लघु घरेलु उद्योगमार्फत युवाहरुलाई स्वरोजगार बनाउने लक्ष्य पनि राखिएको छ ।महोत्सवमा राष्ट्रिय स्तरका लघु घरेलु तथा साना उद्योगहरुवाट उत्पादित बस्तु एवं सामाग्रीहरु र प्रदेश ५ को मौलिक संस्कृतिको प्रदर्शनी, कृषि उत्पादन एवं प्रविधिको प्रदर्शनी, स्थानिय पर्यटकीय स्थलको जानकारीमूलक प्रदर्शनी, महिला उद्यमीहरुद्वारा उत्पादित हस्तकलाका सामाग्री एवं वस्तुहरुको प्रदर्शनी हुने भएको छ । 

            त्यसैगरी नविनतम प्रविधि एवं बैकल्पिक उर्जाको प्रदर्शनी, बैक तथा वित्तिय संघ संस्था एवं सेवा प्रदायक संघ संस्थाहरुको प्रदर्शनी, विभिन्न औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुवाट उत्पादित वस्तु तथा सामाग्रिहरुको प्रदर्शनी लगायतका कुराहरु राखिने आयोजकले जनाएका छन् ।एक करोडको आर्थिक कारोवार एवं ५ लाख दर्शकहरुले अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सवको तयारी समेत तिव्र बनाईएको छ । फागुन २१ देखि चैत्र २ गते सम्म बुटवल उपमहानगरपालिका वडा न ११ देवीनगर रंगशाला नजिकैको खुल्ला मैदानमा महोत्सव सञ्चालन हुने छ ।

प्रकाशित : १९ फाल्गुन २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६