अर्थ-वाणिज्य

१० करोड भित्रको लगानीका उद्योगको साझा नेतृत्व छनौट,यतिबेला घरेलु उद्योगमैत्री नीति अख्तियारः अध्यक्ष पाठक



कपिलवस्तु २१ फागुन । २५ हजार देखी लिएर १० करोड सम्म लगानी भएका कपिलवस्तुका  घरेलु तथा साना उद्योगका संचालकको चौथो जिल्ला अधिबेशन सम्पन्न भएको छ । सो अधिबेशनको समुघ्घाटन गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश ५का अध्यक्ष नेत्र पाठकले स्वदेशी बस्तु आयातित बस्तु भन्दा १५ प्रतिशत सम्म महंगो भएपनि अनिवार्य रुपमा उपयोग गर्ने नीति राज्यले अख्तियार गरेकाले यो घरेलु तथा साना उद्यम विकासका लागि महत्वपूर्ण अवसर भएको वताउनु भएको छ ।

        

नेपाल घरेलु तथा साना उद्योग महासंघ कपिलवस्तु शाखाको चौथो  अधिबेशनको उद्घाटन शत्रमा  संविधान सभा सदस्य एवम महासंघका सस्थापक जिल्ला अध्यक्ष विश्राम प्रसाद चौधरीले बोल्दै घरेलु तथा साना उद्योगको चमत्कारपूर्ण विकास विना सुखी नेपाली समृद्ध नेपाल बन्न नसक्ने वताउनु भयो । बाणगंगा नगरका उपप्रमुख चक्रपाणी अर्यालले उद्योगको संरक्षण र प्रबद्र्धनमा स्थानीय सरकार साझेदार बन्न खोजी रहेको तर्क गर्नु भयो ।


केन्द्रिय प्रतिनिधी उमानाथ पौडेलले हरेक पालिकाले कुल बजेटमा कम्तीमा १५ प्रतिशत उद्यमसिलता विकासमा लगानी गर्नेपर्ने राज्यको नीति बनेकोले  यो अवसरको सदुपयोग राजन कुमार केसीले माघ मसान्त १ अरव ६ करोड पूजी लगानी चालु आवको माघ मसान्त सम्म कपिलवस्तुमा उद्योगमा लगानी बृद्धि भएको स्पष्ट पार्नु भएको छ । कपिलवस्तुका बाणगंगा बुद्धभूमी शिवराज र कृष्णनगर लागयतकाका उद्यमीहरुको उपस्थितीमा चौथो अधिबेशन भएको हो । 

प्रकाशित : २० फाल्गुन २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६