प्रदेश

भैरवस्थानमा दोस्रो ‘सांस्कृतिक महोत्सव’



बुटवल, २३ फागुन । पाल्पाको रिप्दीकोट गाउँपालिकाको कला संस्कृति जगेर्ना गर्ने उद्देश्यले साताव्यापी रुपमा ‘भैरबस्थान सांस्कृतिक महोत्सव’ आयोजना हुने भएको छ । यही फागुन २७ देखि चैत २ गतेसम्म हुने सांस्कृतिक महोत्सवमा रिब्दीकोट गाउँपालिकाका ८ वटै वडाका कला संस्कृति प्रदर्शनी गरिनुका साथै ती कला संस्कृति संरक्षण र जगेर्नाका लागि आयोजना गरिएको सांस्कृतिक महोत्वस सम्पन्न गर्नकालागि गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी खनालको संयोजकत्वमा मुल समिति गठन गरिएको छ भने विषयगत उपसमितिहरु समेत गठन गरिएको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले जानकारी गराउनु भयो । सरकारले नेपाल भ्रमण वर्ष २०२० सञ्चालन गरिरहँदा गत ११ गते कार्यपालिकाको बैठकले भ्रमण वर्षलाई समेत लक्षित गरेर सांस्कृतिक महोत्सव गर्ने र त्यसको मूल समितिको संयोजकमा उपाध्यक्ष खनाललाई जिम्मेवारी दिने निर्णय गरेको थियो । यद्यपी चिनबाट फैलीएको कोरोना भाईरस संक्रमण नभित्रियोस भनेर सरकारले नेपाल भ्रमण वर्षका सबै कार्यक्रम स्थगित गरिसकेको छ । महोत्सवमा ८ वटै वडाबाट परम्परागत रुपमा खेली फागुको टोली सहभागी हुने संयोजक खनालले बताउनु भयो । उक्त सांस्कृतिक महोत्सवको प्रचार प्रसारकालागि गाउँपालिकाको टोली बुधबार प्रदेश राजधानी बुटवल आएको थियो । उक्त टोलीले बुटवलमा गरेको अन्तरक्रिया छलफल कार्यक्रममा पनि सहभागिहरुले पाल्पाको पर्यटन बिकासको प्रमुख धरोहर भैरवस्थान रहेको बताएका थिए । पाल्पाको पर्यटन प्रर्वद्धनकालागि रिब्दिकोटलाई केन्द्र बनाउनु पर्ने उनीहरुको भनाई थियो । पाल्पाका पूर्व जिल्ला बिकास समितिका सभापति झपेन्द्र जिसीका अनुसार बि.सं. १३६३ मा चंकिपुरबाट पाल्पा राज्य सञ्चालन भएको र पछि १५४९ मा रुद्र सेनले पूर्णाकोट सारेपछि त्यहिबाट पाल्पा राज्य सञ्चालन भएकाले पनि रिब्दिकोटको ऐतिहासिक रहेको बताउनु भयो । 

                     तत्कालिन राजा मणिमुकुन्द सेनले रुरुको ऋषिकेश मन्दिर, भैरवस्थान, प्रवाश शिवालय, तानसेनको सेनमाविको बटुक भैरव मन्दिर, माडीमा रुद्रेश्वर महादेव मन्दिर लगायतका धार्मिक स्थलहरु निर्माण गरेको उहाँले उल्लेख गर्नुभयो । पछि राज्य तानसेनमा सारियो । सेनबंशीय पाल्पा राज्य (पूर्णाकोट) रिब्दिकोट गाउपालिकाको वडा नं. ४ भैरवस्थानमा पर्दछ । त्यस्तै भैरवस्थान निवासी बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष नवराज श्रेष्ठले पाल्पाको भैरवस्थानलाई केन्द्रमा राखेर आर्थिक समृद्धिका धेरै काम गर्न सकिने बताउँदै त्यसकालागि गाउँपालिकाले बातावरण बनाउनु पर्ने भनाई राख्नुभयो । त्यस अवसरमा गाउँपालिकाका अध्यक्ष जिसी तथा भैरवस्थानका बुद्धिजिवी मेघराज पौडेलले त्यस क्षेत्रको बिकासका लागि गाउँपालिका मात्रै भन्दा पनि त्यस गाउँपालिकासंग अन्तरसम्बन्ध भएका लगानीकर्ताहरुलाई थोरै भएपनि लगानी बिस्तारका लागि आग्रह गर्नुभयो । सांस्कृतिक महोत्सवको पहिलो दिन फागुन २७ गते उद्घाटन सहित परम्परागत होली (फागु) को झाँकी प्रदर्शन गरिने छ । त्यस्तै २८ गते रक्तदान, २९ गते सरसफाई, ३० गते बिद्यालय स्तरीय नृत्य प्रतियोगिता, १ गते कुसुमखोला स्थित जलेश्वर भ्रमण र २ गते बिभिन्न कला संस्कृतिका झाँकी सहितको ¥याली, सभा तथा सम्मानको कार्यक्रम रहेको संयोजक खनालले जानकारी गराउनु भयो । 

प्रकाशित : २२ फाल्गुन २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६