प्रदेश

निषेधित कार्य गर्ने महिला प्रेसपाटीको निगरानीमा रंगेहात , बाणगंगा नगरले अव के गर्छ ?



कपिलवस्तु २६ फागुन ।“यहा फोहोर फयाक्न निषेध गरिएको छ । फोहर फालेमोमा कडा कारवाही र जरीवाना सहित नगरका सबै सेवा सुविधावाट बञ्चित गरिनेछ ।” यो बाणगंगा नगरले टाँगेको साइन वोर्ड बाणगंगा नदीको पुलको पूर्वपटटी खडा छ । तर सोही वोर्डकै सामुन्नेमा फोहोर फयाक्दै गरेकी एक महिला प्रेसपाटीको निगरानीमा पर्नु भएको छ । यो तस्विर उहाँकै हो । नाम गोप्य राखीएकी उहाँ बोडगाउ पुल किनारकी हुनुहुन्छ । अव तथ्य प्रेसपाटीले पस्केको छ नगरले के गर्न सक्छ यसको हैसियतको परीक्षा सुरु भएको छ ।

बाणगंगा नदीको फोहोर ?

          कपिलवस्तु वाणगंगा नगरपालीका ४ नंं चोकबाट ५०० मिटर पश्चिम  ऐतिहासिक, धार्मिक, पर्यटकिय महत्वको किबंदन्ती बोकेको बाणगगा नदि किनारको हो , अझ भनौ पुर्व पश्चिम जोड्ने महेन्द्र राजमार्गको यो पुल हो  । भौतिक पुर्वाधारको विकास र शिक्षाको दृष्टिकोणले यो नगर जिल्लामै नमुनाका रुपमा लिदाँ फरक पर्दैन । लुम्विनी,तिलौराकोट,कपिलधाम,मधुवनधाम,लक्ष्मणघाट,राजापानी लगायतका धार्मिक तथा पर्यटकिय स्थल पुग्ने मुख्य सडकखण्ड , जहाँ दैनिक आन्तरिक र बाह्य पर्यटकको आवत जावत हुने गर्दछ । बाणगङ्गा नदिको सिचित क्षेत्र भएकै कारण यस नगरपालिकाको नामाकरण बाणगङ्गा नगरपालिका भएको हो  । बाणगंगाको आफनो छुट्टै ईतिहास छ । प्राचिन भागिरथी नदिको प्रतिक मानिएको यो बाणगङ्गा नदिको ऐतिहासिक ,धार्मिक तथा पर्यटकिय महत्व छ । पर्यटकिय महत्व बोकेको नदिको सौन्र्दयकरण हुनु पनि उत्तिकै जरुरी छ ।

स्वच्छ नगर माथि नै प्रश्न ?

      नगर सौन्र्दयकरण गर्न र सफा स्वच्छ , स्वाथ्य नगर निर्माण गर्न नगरपालीकाले प्रत्येक महिना म सफा गर्छु मेरो नगर , फोहर सुन्य सफा र सुन्दर नगर वाणगगां नगर अभियान सञ्चालन नगरेको पनि होईन । अभियान बिचमा रोकिएपनी पुन निरन्तरता पाएको छ । प्रत्येक महिना मास्क,कुचो र डस्विन लिएर घरघरबाट निस्कने सरोकारवाला र स्थानिय जनताको संख्या पनि उदाहरणिय छ । तर  नदि किनारमा थुप्रिएका फोहोरका डुगुंरले पुरै नगरको प्रतिनिधित्व गरिरहेको छ । जसकारण  पर्यटन प्रवद्धनमा प्रत्यक्ष रुपमा प्रभाव पारिरहेको छ ।

जनप्रतिनिधी बोल्ने मात्रै हुन त ?

       पटक पटक फोहर निषेधित क्षेत्रको बोर्ड लगाईए , कडाईका लागी नगरले जनशक्ति समेत खटायो । यति गर्दा पनि फोहरका डुगुंर थुप्रिन भने कमि भएन । केहि महिना अघि वाणगंगा नगरपालीका नगर प्रमुख मगंल प्रसाद थारु ,उपप्रमुख चक्रपाणि अर्याल र वाणंगगा नगरपालीका स्थानीय सगं कुराकानी गरि प्रेसपाटीले समाचार सम्प्रपेषण गरेको थियो । थारुका अनुसार स्थानियलाई सचेत बनाउन  धेरै लामो प्रयास गर्दा पनि बिफल भएको  बताउनु भएको छ । यता स्थनियले भने  पटक पटक नगरपालिका संग निवेदन पेश गरे पनि नगरपालिकाले  कुनै चासो नदेखाएको आरोप लगाएका थिए ।

ल्याण्ड फिल्ड साइट अर्को चुनावको नारा ?

        नगरपालीकाले अढाई वर्ष सम्म ल्याण्ड फिल्ड साइट तोक्न नसकेपछि यतिवेला नगरवासीले “ अरु सबै काम भ्याए ल्याण्ड फिल्ड साइट अर्को चुनाव पछि बनाउलान ” भन्दै ब्यंग्य गर्न थालेका छन् । हरेक जसो समिक्षा बैठकमा ल्याण्डफिड साईटको व्यवस्थापन बारे छलछल गरिरहेको बताएको छ । नगर भित्रका ११ वटै वर्डामा उचित स्थान पहिचान गर्ने कार्य जारी रहेको तर पहिचान हुन नसकेको  नगर प्रवक्ता विष्णु पौडेलले बताउनुहुन्छ ।

को हुन् त दोषि ?

          सडकबाट करिब दुई सय मिटर दक्षिण पटिट् नगरले खाडल खनेर फोहर जम्मा गरेको छ । ल्यान्ड फिल्ड साईडको व्यवस्थापन नहुन्जेल त्यहि स्थानमा फोहर व्यवस्थापन गर्ने भने पनी । सडकको किनार फोहरमय बनेको छ । यहि बिषयमा पत्रकारसंग  कुराकानी गर्दै स्थानीय युवा सागर बन्जाडेले  पटकपटक नगर र सरोकारवाला निकायलाई दोष लगाउनु उचित नभएको बताउनु भएको छ । उहाँ भन्नुहुन्छ स्थानियले फोहोर गर्ने नगरले सफा गर्ने यो प्रवृतीले समास्याको समाधान हुदैन । स्थानीय पनि सचेत हुन जरुरी छ । वाणगंगा बोर्डगाँउका स्थानीय दुर्गादत्त सापकोटाका अनुसार नगरले ऐतिहासिक महत्व बोकेको क्षेत्र वरिपरि डम्पिंग  बनाउनुमा नगरको गल्ती भएको बताउनुभएको छ । हामीले पटक पटक नगरलाई निवेदन दियौ,आश्वासन मात्रै देखाउनुहुन्छ , सापकोटाले भन्नुभयो ।  स्थानीय अनिता सापकोटा भन्नुहुन्छ , ४ नंं  क्षेत्रबाट गाडिमा फोहर ल्याई जथाभावि फाल्ने गरेका छन् , बोर्डगाँउमा गाडिको समेत व्यवस्था गरिएको छैन् ।

नारा फेरिएपनि अवस्था फेरिएन ?

              बाणगंगा बोर्डगाउँका स्थानीयका अनुसार नगरले निश्चित एजेन्डा ल्याई स्थान तोक्न जरुरी रहेको छ । यता नगरपालीकाले भने फोहर व्यवस्थापनमा नगर लागी परेको नगर प्रमुख मगंल थारुले बताउनुभएको छ । फोहर सुन्य सफा र सुन्दर नगर ,स्वच्छ र हराभरा वाणगंगा  नगर भन्ने कार्यक्रमका नारा एकपछि झन आकर्षक बनेर फेरिएका छन् । तर फोहोर ब्यवस्थापनमा कुनै वदलाव छैन ।

फोहोरको ब्यवस्थापन की डयुटी ?

नगरप्रमुख थारुका अनुसार नगरले पुर्व पश्चिम  राजमार्गको दक्षिण पट्टि  खाल्डो खनि डम्पिगं साईट निर्माण गरेपनि स्थानीयले जथाभावि फोहर फालिदिदाँ वातावरण प्रदुषित भएको छ । थारु भन्नुहुन्छ , केहि महिना अघि एक जनालाई डियुटी मै खटाईयो , गर्नेले दिनभर डियुटी गर्छ , स्थानीयले रातीमा फोहर ल्याएर फयाक्छन्  । तर प्रेस पाटी निगरानीमा मर्निङवाक गर्न आउदा फोहोर वोकेर आएको पाइएकोछ ।अत स्थानीय सचेत बनी फोहर जथाभावि फाल्नुहुन्न भन्ने मानसकिता नबन्दासम्म नगरको एकल प्रयासले सफा र सुन्दर नगरको परिकल्पना असम्भव रहेकोका फरक मत छैन । तर नगरले ल्याण्ड फिल्ड साइट तोक्ने काम चन्द्रमामा यात्रा गर्न तयारी गरे जस्तो वर्षौ लाग्ने हुनु हुदैन । 

प्रकाशित : २५ फाल्गुन २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६