प्रदेश

एसिड आक्रमणमा परेकी वेदमति बोल्न खोज्छिन सक्दिनन् ,आखाका आँसु अझै रोकिएनन्



कपिलवस्तु २६ फागुन। एसिड आक्रमणवाट बिछिप्त बनेकी महाराजगंज कपिलवस्तुकी वेदमती देवि गुप्ता युनिभर्सल मेडिकल कलेज भैरहवाको सघन उपचार कक्षमा उपचाररत छन् । उनी पीडा पोख्न बोल्न खोज्छिन् तर बोल्नु भन्दा अगाबै  आखावाट आँसु झर्छन र वोल्न नपाई रोकिन्छन् । घटना विवरण अनुसार  शुक्रवार साझको काम सकेर वाहिर आराम गरी रहेकी थिईन  ५१  बर्षिय बेदमति । 

        साढे आठ वजे तिर स्थानीय हरी नारायण वरई घरमा प्रवेश गर्छन । केही नभनी अचानक गोजीमा लुकाएर ल्याएको एसीड प्रहार गर्छन  र ताथानाम गाली गर्दै वाहिरन्छन् । उनको अनुहारमा  परेको एसिडले उनी तुरुन्तै चिच्चाउन शुरु गर्छिन । यो पीडादायि अवस्थामा पुराउने घटना सामान्य हो साना वालबालिकाको क्रिकेट व्याट भाचिएको  विषयमा विवाद भए पछि गुप्ता माथी छिमेकीले प्रतिशोध स्वरुप एसीड प्रहार गरेका हुन् । प्रारम्भीक  झगडामा वेदमतीको सहभागिता थिएन । तर पहिले देखिकै रिस साध्न  शिव मंगल वरईको छोरा हरी नारायण वरईले तेजाव प्रहार गरेको बेदमतका छोरा  हनुमान गुप्ता वताउछन ।

        उनको अनुहार, मुख लगायतका शरिरमा एसिड (तेजाव) ले तहश नहश भएको छ  । मुख भित्र एसिड परेको हुदा जिव्रो र घाटमा घाउ भएको डक्टरले वताएको  हनुमानको भनाईृछ । उनि वोल्न सकेकी छैनन । खाना खान सक्ने अवस्था पनि छैन । केही ईसारा गरेर संकेत गर्नु हुन्छ, उनका छोरा हनुमान गुप्ता वताउछन ।

            वेदमतीको अवस्था स्थिर छ । एसीडले वनाएको घाउ गहिरो छ । उपचार भईरहेको छ । घाउमा ईन्फेक्सन भएको छैन । ईन्फेक्सन भएमा खतरा हुन सक्छ, अस्पतालका प्रसाशन प्रमुख तेज कुमार केसीले वताए । गुप्ताको डा. राजेश पौडेल सहित १२ जना स्वास्थ्य कर्मीको टिमले उपचार गरी रहेको छ ।एक हप्ता अगाडि वेदमतीको १२ वर्षिय छोरा राहुलको क्रिकेट व्याट भाचिएको थियो । शिव मंगलका करिव १० वर्षिय छोरा राजेस वरईले व्याट भाचेका थिए । राहुलले राजेशको आमा कौशिल्यासंग भाचिएको व्याटको पैसा मागी रहेका थिए । तर कौशिल्या र उनका पति शिव मंगल पैसा दिन आलटाल गरी रहेका थिए । विवाद वढे पछि प्रहरी आएर झगडा नर्गन सुझाव दिएर फर्केको  हनुमान वताउछन ।

            प्रहरी गएपछि  हरी नारायण अचानक राती आएर वेदमतीलाई एसीड प्रहार गरेका हुन् । वरई परीवारले प्रहरी गए पछि तेजाव खन्याई दिने धम्की दिदै आएका थिए । नभन्दै  त्यही गरे । सामान्य कुरा भएकोले धम्कीको वेवास्ता गरेको हनुमान वताउछन । हरी नारायणले साझ आएर अचानक एसीड प्रहार गर्नुका पछाडी उनी  व्याट्रि मर्मतको पसल संचालन गर्ने गरेकाले एसीड पाउनु उनकालागि कुनै ठूलो कुरा थिएन तर त्यसले निम्ताउने क्षेतिका विषयमा भने उनी लामो समय कारागारमा बसेर चुक्ता गर्दा समेत क्षेतिपूर्ति हुने छैन ।

            प्रहरीले वरईको पसलवाट ५ लिटर एसिड समेत वरामद गरेको छ । एसीड प्रहार गर्ने वरई प्रहरी नियन्त्रणमा  छन  । उनलाई ज्यान मार्ने उद्योग अन्र्तगत मुद्धा दर्ता भएको ईलाका प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । 

प्रकाशित : २५ फाल्गुन २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६