अर्थ-वाणिज्य

महिला उद्यमीद्वारा सञ्चालित प्रादेशीक महोत्सवमा प्रशासनिक रोक ,क्षेतिपूर्ति सरकारले नदिए संघर्ष गर्ने चेतावनी



बुटवल २७ फागुन  जिल्ला प्रशासन कार्यालय रुपन्देहीले प्रादेशीक महोत्सव सञ्चालनमा रोक लगाएको छ । बुटवलमा सञ्चालित महोत्सवमा रोक लगाएपछि आयोजकले भने क्षतिपूर्तिको माग गरेको छ । कोरोनाको त्रासका कारणले प्रदेश सरकारले मेला, महोत्सव तथा भिडभाड हुने काम नगर्न निर्देशन दिएको थियो । तर, आयोजकले मुख्यमन्त्रीसँग छलफल गरेर महोत्सव सञ्चालन गरेको दाबी गरेको छ ।

        नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश महिला उद्यमी समिति प्रदेश ५ को आयोजनामा फागुन २१ गतेबाट मेला सुुरु भएको थियो ।मेला सचिवालयले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर सरकारले क्षतिपूर्ति दिनुपर्ने माग गरेको छ । स्वीकृति लिएको मेला समापन गर्नको लागि समय नपाएको गुनासो गर्दै पूर्वस्वीकृतिलाई सरकारले अपमान गरेको समिति प्रदेश ५ अध्यक्ष शान्ती शर्माले बताइन् । उनले नियमपूर्वक सहकार्य गरेको अवस्थामा पनि प्रशासन र सरकारले ठप्प पारेकोले भएको खर्च सरकारले उपलब्ध गराउनुपर्ने बताइन् । मेला सञ्चालनको लागि ८२ लाख रुपैयाँ खर्च भइसकेको उनले दाबी गरिन् ।

प्रकाशित : २७ फाल्गुन २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६