प्रदेश

कपिलवस्तु जिल्ला अदालतमा घुस काण्ड, दुई लाख घुस सहित अख्तियारद्वारा कर्मचारी पक्राउ



कपिलबस्तु ३० फागुन ।जिल्लामा २ लाख घुस सहित एक जना पक्राउ परेका छन् । जिल्ला अदालत कपिलबस्तुमा कार्यरत दोभासेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले दुई लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

        सेवाग्राहीसगँ ठगी मुद्दाको सहजीकरण गरिदिने भन्दै घुस लिदै गर्दा अदालतका दोभासे विश्वनाथ कुर्मी चौधरीलाई रंगेहात नगद सहित पक्राउ गरिएको अख्तियार बुटवल कार्यालयका प्रवक्ता सुरेश भुषालले बताउनु भयो  ।सेवाग्रहीबाट कर्मचारीले घुस लिएको सूचना आयोगमा आएपछि कार्यालयबाट खटिएको टोलीले उहाँलाई पक्राउ गरेको हो ।

        करिब ५ बजे कार्यालय समय पश्चात कपिलबस्तुको गौढीचौकमा रहेको महामाया अफसेट प्रेसबाट चौधरीलाई पक्राउ गरी नियन्त्रणमा लिएको छ  । उहाँलाई थप अनुसन्धानका लागि आयोगले नियन्त्रणमा राखेको अख्तियारले जनाएको छ । 

प्रकाशित : २९ फाल्गुन २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६