अर्थ-वाणिज्य

किसानलाई वडाबाटै यस्तो सुविधा, स्थानीय सिंहदरवारको झल्को दिन खोजिएको अध्यक्ष भुसालको दावि



कपिलवस्तु  ३०  फागुन ।वाणगंगा नगरपालिका वडा नं ५ ले किसानहरुलाई बिउबिजन तथा किसानलाई आवश्यक सामग्री बितरण गरेको छ । वडाले किसानलाई दुई दिने  तरकारी खेती तालिम, बीउ बिजन एवं  गर तथा तरकारी पकेट क्षेत्र कार्यक्रम अन्तर्गत  मटेरियामा दुई दिन तालिम गरेको थियो ।  उक्त कार्यक्रममा  बीउ बिजन, जिङ्क, हजारी, प्लास्टिक मल्चिङ, किटनासक जालो लगाएतका सामग्री किसानलाई प्रदान गरिएको वडा अध्यक्ष भिष्मराज भुषालले प्रेसपाटीलाई जानकारी दिनु  भयो । 

        व्यवसायिक किसानलाई आधुनिक खेती गर्न सिकाई उनीहरुलाई आवश्यक पर्ने सामग्री बितरणले कृषकको हित हुने उहाँले स्पष्ट पार्नु भयो । तालिममा विशेष गरि तरकारी  कसरी लगाउने , रोग नियन्त्रण कसरी गर्ने लगायतका विषयको जानकारीले  किसानहरु थप उत्साहित बनेको कार्यालयका सचिव दिपक पाण्डेले जानकारी दिनु भयो । वडावासीलाई सरकारको महसुस हुने गरि वडाले काम गरेको समेत उहाँले प्रष्ट्याउनु भयो । 

प्रकाशित : २९ फाल्गुन २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६