प्रदेश

विप्लव समुहले ठूलो संख्यामा किशोर किशोरीलाई छापामार बनाउदै गरेको तथ्य फेला ,दर्जनौको उद्धार,युद्ध सामाग्री वरामद र तालिमदिने कार्यकर्ता पक्राउ



 उदयपुर  ३० फागुन विप्लव समुहले किशोर किशोरी वटुलेर छापामार उत्पादन तालिम शुरु गरेको प्रमाण भेटिएको छ ।शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उदयपुरको एक स्थानवाट ठूलो संख्यामा किशोर किशोरीलाई युद्ध सामाग्री सहित उद्धार गरेपछि यस्तो रहस्य खुलेको हो । सो क्रममा केहि छापामार तालिम दिने विप्लव समुहका कार्यकर्तापनि पक्राउ परेको वताईएको छ ।उद्धार गरिएका किशोर किशोरीमा उदयपुर ताबिलका १८ वर्षका अविनाश तामाङ, गाईघाटका २० वर्षका आशिष लामा, ताप्लेजुङकी १६ वर्षकी रञ्जना राई, धनकुटा पाख्रिबासकी १९ वर्षकी अनिता राई, कैलालीकी १९ वर्षकी अनुष्का राउत रहेका छन् ।

            त्यस्तै, मोरङ आइतबारेकी १७ वर्षकी सपना राई, मोरङका १५ वर्षका आशिष श्रेष्ठ र सिन्धुली जुवाडेका १४ वर्षका ईश्वर पुनमगर पनि पक्राउ परेका छन् । इलाम फाकफोककी २० वर्षकी मुस्कान राई,सर्लाही लालबन्दीकी १६ वर्षकी रीता कार्की, ताप्लेजुङ खोक्सिङका २० वर्षका विकास राई, इलाम बतासेका १७ वर्षका आयुस मगर पनि पक्राउ परेका छन् ।प्रहरीले उनीहरुको साथबाट ११ वटा सकेट बम, ३ थान पेस्तोल र त्यसमा लाग्ने ९ राउण्ड गोली, एउटा प्रेसर कुकर, २ वटा खुकुरी, २ मिटर डेटोनेटर तार र २ थान मोवाइल सेट पनि बरामद गरेको जनाइएको छ ।

            घटना विवरण अनुसार    उदयपुरको गणेशनाथ चारधाम नगरपालिका–५, गौरीखोला बस्दै आएका लालबहादुर तामाङ दम्पत्ति बुवाको काजकिरियामा सहभागी हुन सिन्धुलीको दुधौली आएका थिए । गोठमा १४ वर्षीया करिना तामाङ मात्र थिइन् । बुधबार अपरान्ह हतियारधारी समूह त्यहाँ पुग्यो र करिनालाई आफूसँगै लिएर हिड्यो । यो खबर तामाङसम्म पुग्यो । छिमेकीले पनि हतियारधारी समूह आएको र छोरीलाई लिएर उकालो लागेको बताएपछि उनको परिवारले प्रहरीलाई खबर र्गयो।  प्रदेश नं. २ का प्रहरी प्रमुख प्रद्युम्न कार्कीकाअनुसार सूचना प्राप्त भएलगत्तै अपरहणको आशंकामा अनुसन्धान थालिएको थियो ।

            साँझ ७ बजे जिल्ला प्रहरी कार्यालय, धनुषाबाट टोली परिचालित भए पनि टोलीलाई पुग्न समय लाग्यो ।‘टोली जाँदै गर्दा बालिकालाई लिएर उनीहरु पनि हिँडिरहेका थिए’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) कार्कीले अनलाइनखबरसँग भने, ‘गोठ भएको उत्तरी चुरेको फेदसम्म पुग्दै ५र७ घन्टा लाग्यो ।’कार्कीका अनुसार ढल्केवरबाट गाडीमा करिब १० किलोमिटर गएपछि पैदल हिँडेर टोली अगाडि बढेको थियो प्रदेश नं. २ बाट सशस्त्र प्रहरी बलको टोली पनि खटिएको थियो । दुवै सुरक्षा फौजको टोलीले पछ्याउने क्रममा तामाङले प्रतिकार गर्न खोजेको वा भाग्न खोजेको संकेत भेट्टाएन । कुनै प्रयोजनका लागि फकाएर लगेको हुनसक्ने आशंका बढ्यो । गौरीखोलाबाट पनि उस्तै रिपोर्ट आएपछि यो आशंकालाई बल पुगेको थियो ।नभन्दै उदयपुरको कटारीमा विप्लव समूहका अन्य व्यक्तिसँगै भएका वेला १४ वर्षीया तामाङको उद्दार भयो । विप्लव समूहले करिनालाई प्रलोभन देखाएर फकाएको पाइएको छ । त्यसपछि उनले समूहलाई खाना समेत खुवाएकी थिइन् । 

                प्रदेश २ का सशस्त्र प्रहरी प्रमुख डीआईजी राजु अर्यालकाअनुसार पक्राउ पर्नेमा भोजपुरका ४५ वर्षका मनोराम राई र इटहरीका २८ वर्षका विवेक खड्का छन् ।पक्राउ परेका व्यक्तिहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय, धनुषातर्फ ल्याउने काम भइरहेको प्रहरी बताउँछ । यद्यपि, पक्राउ परेकामध्ये अधिकांश किशोरकिशोरी भएकाले विप्लव समूहका कार्यकर्ता नभएको आशंका गरिएको छ । प्रहरी स्रोत भन्छ, ‘उनीहरुलाई फकाएर लगिएको हुनसक्ने देखिएको छ ।’प्रहरीअधिकृतका अनुसार पक्राउ परेका ईश्वरसहित अन्य केहीलाई पार्टीबारे राम्रो ज्ञानसमेत छैन । यद्यपि, उनीहरुलाई धनुषा ल्याएको छ ।  बाँकी कुरा खुल्न अझै सकेको छैन  डीआईजी कार्की बताउँछन् ।

प्रकाशित : ३० फाल्गुन २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६