प्रदेश

नक्कली चिकित्सक पक्राउ



सुर्खेत ३० फागुन । अर्कैको काउन्सिल दर्ता नम्बर राखेर शुभलक्ष्मी अस्पताल सुर्खेतमा आफ्नो नामको साइनबोर्ड टाँस गरी बिरामीको उपचारमा संलग्न एक नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले उक्त घटनामा संलग्न दीपेन्द्र काफ्लेलाई पक्राउ गरेको हो । नेपाल मेडिकल काउन्सिल बाँसबारीको यही फागुन ५ गतेको पत्र अनुसार छानबिन गर्न र केन्द्रीय अनुसन्धान ब्युरोको यही फागुन ८ गतेको आवश्यक कारवाहीका लागि  निर्देशन अनुसार काफ्लेलाई पक्राउ गरिएको  प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो ।पक्राउ गरिएका उनलाई सुर्खेत जिल्ला अदालतबाट पहिलो पटक दिन तीन दिन म्याद थपको अनुमति लिइ अनुसन्धान कार्य थालिएको जिल्ला प्रहरी कार्यालयका  प्रवक्ता समेत रहनुभएका रावलले बताउनुभयो । उहाँका अनुसार थप अनुसन्धान कार्यसमेत अघि बढाइएको छ ।

फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालयले जबर्जस्ती करणीका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बराहताल गाउँपालिका– ८ सुर्खेतका मोहन विश्वकर्मालाई आज पक्राउ गरिएको प्रवक्ता प्रहरी नायब उपरीक्षक रावलले जानकारी दिनुभयो । उनलाई आफ्नै घरमा लुकिछिपी बसेका अवस्थामा फेला पारी पक्राउ गरिएका उहाँले बताउनुभयो ।जबर्जस्ती करणी मुद्दामा तीन वर्ष कैद भुक्तान गर्न बाँकी रहेका विश्वकर्मा विरुद्ध पूर्णबहादुर वलीको जाहेरी र विशेष सूचनाका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ । 

प्रकाशित : ३० फाल्गुन २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६