अर्थ-वाणिज्य

किन बढ्दै छ दाङमा बैंकिङ अपराध



तुलसीपुर, ३० फागुन । दाङमा पछिल्लो समय बैंकिङ अपराधका घटना बढ्दै गएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बैंकिङ कसूर र कम्पनीसम्बन्धी विवादका मुद्दाको चाप छन् । “विगतमा बैंकिङ कसूरका घटना धेरै थिएनन्”, जिल्ला प्रहरी कार्यालय दाङका अनुसन्धान अधिकृत राजन गौतमले भन्नुभयो, “तर पछिल्ला वर्षमा बढ्दै जान थालेका छन् ।” उहाँका अनुसार चालु आर्थिक वर्ष २०७६/०७७ को हालसम्म आठ वटा मुद्दा दर्ता भएका छन् । 

मुद्दा दर्ता भएका बैंकिङ अपराधका घटनामध्ये करिब ९० प्रतिशत व्यक्ति पक्राउ परिसकेको उहाँको भनाइ छ । केही व्यक्ति भने फरार रहेको उहाँको भनाइ थियो । शहरी क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको वृद्धि भएसँगै यससम्बन्धी मुद्दा पनि बढ्दै जान थालेको उहाँको भनाइ छ ।  विश्वासका रूपमा लिएको चेकमा समेत बेइमानी बढेका कारण यस्ता घटना बढ्दै जान थालेका गौतमले बताउनुभयो । उहाँका अनुसार दाङमा गत आव २०७५/०७६ मा ११ वटा बैंकिङ अपराधका घटनाका मुद्दा दर्ता भएका थिए । 

जुनसुकै तह तप्काका मानिस पनि चेक बाउन्सका घटनामा संलग्न भएको उहाँको भनाइ छ । आर्थिक कारोवार गर्दा सबै सचेत हुने दिन आएको उहाँको भनाइ छ । प्रहरीले चेक बाउन्सको उजुरी परेपछि दुवै पक्षलाई बोलाएर छलफल गराएर मिल्ने समयसमेत दिँदै आएको प्रहरी निरीक्षक गौतमले बताउनुभयो । पीडित र पीडक पक्ष नमिलेको खण्डमा मात्र प्रहरीले पीडित पक्षको उजुरी लिने गरेको जानकारी दिनुभयो । (रासस)

प्रकाशित : ३० फाल्गुन २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६