प्रदेश

हुलाकी बनाउन रोक्नेलाई ठेगान लगाउने बलदेवको घोषणा,नेकपाको तीन महिने अभियानको स्वरुप बदलियो,घोषणा सभा रोकेर पत्रकार सम्मेलन



कपिलवस्तु १ चैत । । नेकपा   कपिलबस्तुले  ३ महिने पार्टी एकता सुदृढीकरण  तथा जनसम्बन्ध विस्तार अभियानको स्वरुप बदलेको छ । तीनवटै क्षेत्रमा घोषणा सभा, ठुला भेला तथा जनसभा सहित केन्द्रद्धारा घोषणा भएको कार्यक्रमलाई बदल्दै स—साना  भेला र घरदैलोको रुपमा संचालन गर्ने जानकारी दिएको हो । । शुक्रवार तौलिहवामा आयोजित पत्रकार सम्मेलनमा नेकपा कपिलवस्तुले उक्त जानकारी गराएको हो। पत्रकार सम्मेलनमा बोल्दै नेकपाका स्थायी कमिटी सदस्य एवं पुर्वमन्त्री  चक्रपाणी खनाल बलदेवले बर्षौंपछि बन्न लागेको हुलाकी सडक निर्माण रोक्न महाराजगंज नगरपालिकाका स्थानिय जनप्रतिनिधिले गरेको चलखेल बिरुद्ध नेकपाले कडा प्रतिरोध गर्ने जानकारी दिनु भयो । 


            सडकमा बनाइएका केही घर भत्काउन  नसक्ने भन्दै सडक चौडा वनाउन नदिने गरि  मेयर अब्दुल कलाम सहितका जनप्रतिनिधीले जनतालाई उकास्दै आएको तथ्य फेला परेको उहाँले प्रष्टाउनु भयो । नेकपा कपिलबस्तुले ३ महिने बिशेष अभियान कोरोनाका कारण स्थगन नगरे पनि परिमार्जन गरेको वताउदै  नेकपा जिल्ला अध्यक्ष झबिलाल पोख्रेलले पार्टीको सदस्यता नविकरण, नयाँ सदस्यता प्रदान ,सरकारले गरेका राम्रा कामको जनस्तरमा  प्रचार ,गैससका कामहरुको समीक्षा, सरकारी निकायका कामको जनप्रतिकृया संकलन जस्ता काम हरेक तहमा गर्नेगरी अभियान चलाइने वताउनु भयो । 


        पूर्व निर्धारीत कार्यक्रम अनुसार चैत्र १ गते तीनवटै निर्वाचन क्षेत्रमा घोषणा सभा गर्ने तय भएको थियो । तर ठूला कार्यक्रम स्थगनमा परेपछि  पत्रकार सम्मेलन गरेर अभियानको शुरुवाँत भएको अध्यक्ष पोख्रेलले जानकारी दिनु भयो । नेकपा  कपिलबस्तुले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेताहरुले नेकपाले पार्टी एकता सुदृढीकरण अभियानलाई कोरोना बिरुद्धको सचेतना अभियानसंगै जोडेर संचालन गर्ने वताएका हुन् ।  पार्टी सचिव रामचन्द्र शाहको सञ्चालन , कार्यालय सदस्य डम्मर शर्माको स्वागतमा भएको कार्यक्रममा, पार्टीका केन्द्रीय सदस्य एवं कपिलवस्तु इन्चार्ज गिरधारीलाल न्यौपाने , केन्द्रिय सदस्य एवं पुर्व लेखा समिति सभापति डोर प्रसाद उपाध्याय लगायतका नेताहरुको उपस्थिती रहेको  थियो । 


प्रकाशित : ३० फाल्गुन २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६