प्रदेश

कोरोना कहरः भारतले आइतबारदेखि नेपालसहितका सीमानाका बन्द गर्दै



काठमाडौं, १ चैत । कोरोना भाइरसको कहरसँगै महामारी रोक्न भारतले आइतबार राति १२ बजेदेखि लागू हुने गरी नेपाल, भुटान र म्यानमारका सीमानाका बन्द गर्ने निर्णय गरेको छ । भारतीय गृह मन्त्रालयको फरेनर्स डिभिजनअन्तर्गतको अध्यागमन सेक्सनका तर्फबाट उपसचिव समिम अहमदद्वारा शुक्रबार साँझ जारी सूचनामा नेपालीहरूको आवतजावत प्रभावित नहुने स्पष्ट पारेका छन् । भारतले नेपालका चारसहित चार मुलुकका २० नाकाबाट विदेशी यात्रुहरूको आवागमन बन्द गर्ने समाचारहरु सार्वजनिक भएका छन् ।

        भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क मुलुकका नेतृत्वबीच कोरोना नियन्त्रणका लागि कठोर रणनीति तय गर्न सहकार्य गर्नुपर्ने धारणा सार्वजनिक गरेकै दिन भारतले नेपाली र भुटानी नागरिकबाहेकका लागि सबै सीमानाका बन्द गर्ने निर्णय गरेर उक्त कदम चालेको हो । कोरोनाका कारण भारतमा एक जनाको निधन भइसकेको छ भने करिब ८ दर्जनमा कोरोना संक्रमण देखिएको छ ।

प्रकाशित : १ चैत्र २०७६, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६