अर्थ-वाणिज्य

फरार ठेकेदारका नाममा सूचना प्रकाशन,स्थानीयको १६ लाख रुपैयाँ खाएर भागेको खुलाशा



गुल्मी २ चैत्र  ।गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं  पाँच  ग्वाघामा स्वास्थ्य चौकीको निर्माणधिन भबन अलपत्र पारेर निर्माण ब्यबसायी सम्पर्क बिहिन बनेका हुन् ।२०७५ साल चैत ५ गते कर्मा कन्ट्रक्सन प्रालि काठमाण्डौ र संघिय आयोजना कार्यन्वयन इकाई रुपन्देही बिच एक करोड ६१ लाख ४४ हजार ७३८ रुपैयाँमा भबन निर्माण कार्य गर्ने  र २०७७ साल असोज १९ गते निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको  र हाल आएर भबनको निर्माण कार्यललाई अलपत्र पारी ठेकेदार सम्पर्क विहिन भएको संघिय आयोजना कार्यन्वयन इकाई रुपन्देहीले जनाएको छ । संघिय आयोजना  कार्यन्वयन इकाई रुपन्देहीका प्रमुख राजेन्द्र पाण्डेका अनुसार सो भबन निर्माण ब्यबसायी सम्पर्कमा  नआएको कार्यलयको तर्फबाट पटक पटक पत्रचार गर्दा पनि सम्पर्कमा नआएपछि   फागुन १६ गते सार्वजनिक सूचना नै प्रकाशित गरिएको जानकारी दिनुभयो । यता भबन निर्माणका क्रममा निर्माण ब्यबसायीले स्थानीयहरुको १६ लाख रुपैयाँ समेत खाएर भागेको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले जानकारी दिनुभयो ।

      खत्रीका अनुसार निर्माण ब्यबसायीले स्थानीय स्तरका खाध्यन्न पसलहरुबाट खाध्यान्न ल्याएको र स्थानीय मजदुरहरुलाई काममा लगाएको र स्थानीय स्तरमा ढुङ्गा गिटी बालुवाको  पैसा समेत नदिई रारारात भागेको बताउनुभयो ।

प्रकाशित : १ चैत्र २०७६, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६