गुल्मी २ चैत्र ।गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं पाँच ग्वाघामा स्वास्थ्य चौकीको निर्माणधिन भबन अलपत्र पारेर निर्माण ब्यबसायी सम्पर्क बिहिन बनेका हुन् ।२०७५ साल चैत ५ गते कर्मा कन्ट्रक्सन प्रालि काठमाण्डौ र संघिय आयोजना कार्यन्वयन इकाई रुपन्देही बिच एक करोड ६१ लाख ४४ हजार ७३८ रुपैयाँमा भबन निर्माण कार्य गर्ने र २०७७ साल असोज १९ गते निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको र हाल आएर भबनको निर्माण कार्यललाई अलपत्र पारी ठेकेदार सम्पर्क विहिन भएको संघिय आयोजना कार्यन्वयन इकाई रुपन्देहीले जनाएको छ । संघिय आयोजना कार्यन्वयन इकाई रुपन्देहीका प्रमुख राजेन्द्र पाण्डेका अनुसार सो भबन निर्माण ब्यबसायी सम्पर्कमा नआएको कार्यलयको तर्फबाट पटक पटक पत्रचार गर्दा पनि सम्पर्कमा नआएपछि फागुन १६ गते सार्वजनिक सूचना नै प्रकाशित गरिएको जानकारी दिनुभयो । यता भबन निर्माणका क्रममा निर्माण ब्यबसायीले स्थानीयहरुको १६ लाख रुपैयाँ समेत खाएर भागेको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले जानकारी दिनुभयो ।
खत्रीका अनुसार निर्माण ब्यबसायीले स्थानीय स्तरका खाध्यन्न पसलहरुबाट खाध्यान्न ल्याएको र स्थानीय मजदुरहरुलाई काममा लगाएको र स्थानीय स्तरमा ढुङ्गा गिटी बालुवाको पैसा समेत नदिई रारारात भागेको बताउनुभयो ।
प्रतिक्रिया