प्रदेश

ठूलो परिमाणमा भारतीय कुखुराको तस्करी बढ्यो, स्वदेशी उत्पादक ध्वस्त हुने काम तत्काल रोक्न उपभोक्ता हित संरक्षण मञ्चको माग



कपिलवस्तु २ चैत ।भारतबाट अवैधरूपमा भइरहेको कुखुराको ओसारपसार कार्य रोक्न कपिलवस्तुका कुखुरा व्यवसायीले माग गरेका छन् । भारतीय तस्करले नेपालका सिमावर्ति गाउमा रातभर ल्याउने र नेपाली तस्करले विहानको समयमा खुलेयाम ओसार पसार गर्ने क्रम २ हप्तादेखि निरन्तर बढ्दो क्रममा रहेको प्रत्यक्षदर्शीको भनाइछ । पछिल्लो समय महामारीको रूपमा फैलिएको कोरोना भाइरसको जोखिमका कारण नेपालको तुलनामा भारतमा कुखुराको मूल्य सस्तिएपछि अवैधरूपमा कुखुराको आयात बढेको व्यवसायी र कृषकको गुनासो छ । 

     क्वारेन्टाइन जाँचबिना र सस्तो मूल्यमा नेपाली बजारमा भारतबाट ल्याइएका कुखुराको बिक्री बढेपछि नेपाली कुखुरा व्यवसायी मारमा परेका कुखुरा व्यवसायी संघ कपिलवस्तुका   प्रमोद जयसवालले बताए । उनले भने, “सरकारले कोरोना भाइरसबाट प्रभावित मुलुकबाट आयात हुने पशुपक्षीमा कडाइ गर्ने नीति लिए पनि भारतबाट नेपालतर्फ कुखुरा तस्करीमा बृद्धि आएको छ , खुला सीमाका कारण कुखुरा तस्करी मौलाएको छ  ।”

      संघका एक सदस्यका अनुसार  अहिले कोरोनाका कारण भारतमा कुखुरा प्रतिकिलो भारतीय रु ५० पर्छ। नेपालमा रु १५० देखि १८० सम्म पर्छ ।  झण्डै दोब्बर फाइदा हुने हुँदा भारतीय कुखुरा तस्करी बढेको उहाँको भनाइ छ । बर्डफ्लू र कोरोनाका कारण भारतमा कुखुरा सस्तो छ । भारतसँग सीमा जोडिएको कपिलवस्तुका खुनुवा नाका ,चाकडचौडा नाकावाट विहान ३ वजेदेखि ६ वजे सम्म दैनिक ठूलो परिमाणमा मोटरसाइकलवाट कुखुरा तस्करी हुने गरेको छ । यो कार्यमा कपिलवस्तुको यी नाकामा खटिएका प्रहरी समेत कमिशनका कारण सहयोगी बन्ने गरेका छन् । 

      भारतीय कुखुरा भित्रिन थालेकाले व्यवसायी त्रसित भएका छन्  । तस्करी रोक्न जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, पशु कार्यालयमा ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराउन लागेको ब्यावसायीले वताएका छन् । खुला सीमाको गलत फाइदा उठाउँदै हुने गरेको भारतीय पशु तथा पक्षीजन्य कुखुरा, अण्डा र मासुको तस्करी पूर्ण प्रतिबन्ध लगाउन नेपाली कुखुरापालक किसान र व्यवसायीले माग गरेपनि यसको सुनुवाई नभएको भन्दै अविलम्व यो कार्यमा रोक लगाउन उपभेक्ता हित संरक्षण मञ्च कपिलवस्तुले माग गरेकोछ । 

        मञ्चका अध्यक्ष भेषराज पण्डे र सचिव राजेन्द्र विक्रम  शाहद्धारा जारी विज्ञप्तीमा कुखुराको मासुमा आत्मनिर्भर बन्दै गएको बेला भारतीय कुखुरा ल्याएर नेपालका ब्यवसायीलाई धरासायी पार्ने कदम कुनै हालतमा स्वीकार्य नहुने भन्दै यसका विरुद्ध लाग्न  सचेत नागरिकमा आवहान गर्छाै विज्ञप्तीमा भनिएको छ । 

प्रकाशित : १ चैत्र २०७६, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६