प्रदेश

कोरोनाको कहर विरुद्ध लड्न सार्क राष्ट्रबीच भिडियो कन्फरेन्स आज, प्रधानमन्त्री पनि सहभागी हुने



काठमाडौं, २ फागुन । महामारीका रूपमा विश्वभर फैलिंदै गएको कोरोना भाइरस (कोभिड–१९) सँग लड्न आवश्यक रणनीति तयार गर्न सार्क राष्ट्रले आज भिडियो कन्फरेन्स गर्ने भएको छ ।  कोरोना भाइरसविरुद्ध प्रतिकार गर्न सार्क सदस्य राष्ट्रले भिडियो सम्मेलनमार्फत कोरोनासँग कसरी लडन र सकिन्छ र समाधान कसरी गर्ने भन्ने विषयमा व्यापक छलफल हुनेछ ।

        स्रोतका अनुसार आज साँझ ५ः१५ बजे सिंहदरबारमा सार्क भिडियो कन्फ्रेन्स गरिनेछ । जहाँ सार्क राष्ट्र प्रमुख भिडियो सम्मेलनमा लाइभ प्रस्तुत भएर आफ्ना अनुभव र समाधानका उपायका बारेमा गम्भीर छलफल गर्नुहुनेछ ।  हालै मृगौला प्रत्यारोपण गरेर अस्पतालबाट डिस्चार्ज हुनु भएका प्रधानमन्त्री के.पी. शर्मा ओली सहभागी हुनु हुनेछ ।  भिडियो कन्फ्रेन्समा उठान हुने मुख्य विषय कोरोना भाइरस नै रहेको प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले बताउनुभयो ।  भारतका प्रधानमन्त्री मोदीको प्रस्ताव अनुसार सबै सार्क राष्ट्र प्रमुखहरुले भिडियो कन्फरेन्स हुन लागेको हो । भारतबाट आएको सो प्रस्तावमाथि सार्कको अध्यक्ष राष्ट्रको प्रमुखको हैसियतले प्रधानमन्त्री ओलीले नेपालको तर्फबाट आफ्नो राय भिडियो कन्फरेन्समा व्यक्त गर्नुहुनेछ ।  सार्कका अध्यक्ष तथा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस नियन्त्रणका लागि सामाजिक सञ्जाल ट्विटरबाट एकसाथ प्रतिवद्धता जनाउनु भएको थियो । 

प्रकाशित : २ चैत्र २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६