प्रदेश

कोरोनका कारण नेपाल–भारत मैत्री बस सेवा बन्द



कञ्चनपुर, २ चैत (रासस) ः कञ्चनपुरको भीमदत्तनगरबाट सञ्चालन हुँदै आएको नेपाल–भारत मैत्री बस सेवा आजदेखि बन्द गरिएको छ । भारतको उत्तराखण्ड प्रदेशले कोरोना भाइरसका कारण देखाउँदै बस सेवा सञ्चालन नगर्न अनुरोध गरेपछि सेवा बन्द गरिएको महाकाली यातायातका अध्यक्ष डम्बर पन्तले बताउनुभयो ।

  “जिल्ला प्रशासन कार्यालयमार्फत भारतीय प्रदेश सरकारको पत्रको जानकारी दिँदै बस सेवा रोक्न भनिएपछि बस सेवा बन्द गरेका छौँ”, उहाँले भन्नुभयो । अर्को आदेश नआउँदासम्म बस सेवा रोकिएको उहाँले बताउनुभयो । महाकाली यातायातले नयाँदिल्ली, देहरादुनलगायतका क्षेत्रमा नेपाल–भारत मैत्री बस सेवा सञ्चालन गर्दै आएको छ । महाकाली, पवनदूतलगायतका आधा दर्जन बढी नेपाल–भारत मैत्री बस दैनिक सञ्चालनमा हुँदै आएका छन् । 

प्रकाशित : २ चैत्र २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६