कपिलवस्तु
कपिलवस्तु बडा प्रहरी कार्यालय चन्द्रौटाले ३४ खसी पक्राउ गरेको छ । हाईवे चेकिंगका क्रममा सो खसी वाख्रा फेला परेको हो । वसको डिक्की भित्र लुकाएर लैजादै गरेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक दिपेश खरेलले वताउनु भयो । उक्त वस दांग वाट काठमाण्डौ तर्फ जादै गरेको थियो ।
वरामद गरेको खसीको वजार मुल्य ४ लाख वरावरको अनुमान गरीएको छ । पशु क्वारेन्टाईनको पत्र समेत नभएको वताईएको छ । प्रहरीले मुचुल्का उठाएरु कृष्णनगर भन्सार कार्यालय चलान गर्ने तयारी गरेको खरेलले वताउनु भयो ।
भारतीय खसी वोका प्रतिवन्दीत गरे पछी नेपालमा खसी वोका अभाव भएको छ । अभावको मौकाको फाईदा उठाउदै खुला सिमामा भारतिय खसी वोकाको तस्करी वढदै गएको छ ।
३ चैत्र २०७६, सोमबार
प्रतिक्रिया