प्रदेश

कपिलवस्तु अस्पतालमा ३ वटा आईसुलेन बेड



कपिलवस्तु ३ चैत । कोराना भाईरस संक्रमितहरुको उपचारकालागि कपिलवस्तु अस्पतालमा  ३ वटा आईसुलेसन बेड निर्माण गरिएको छ । सरकारको निर्देशन अनुसार कोरना संक्रमितलाई लक्षित गरी बेड निर्माण गरिएको हो । कोरना भाईस लक्षित  बेड निर्माण गरिएको राखिएको अस्पतालका सुप्रीेन्डेन्ड किशोर बन्जाडेले बतानुभयो । ‘ हामीले कोरोना भाईरस संक्रमितहरुको उपचारकालागि अस्पतालमा ३ वटा छुट्टै बेड राखेका छौ ’ उहाँले भन्नुभयो ।  कोरना भाईरस  बिश्वब्यापीरुपमा फैलिएर त्रसति बनाए पछि भारतले नेपालका चार वटा नाका मात्र संचालन गर्न दिने भन्ने समाचार बारिह आए पनि कपिलस्तुमा भने जिल्लाका १० वटै नाकाबाट आवजातजात जारी छ ।

                   भारतले आईतावार बिहान देखि नै काकरभिटा, कैलाली, बिरगंज र भैरहवाका नाका बाहेक अन्य नाकाहरु संचालना रोक लगाउने कुरा बाहिर आएको थियो । कपिलवस्तुका प्रजिअ दीर्घनारयाण पौडेलले आफुहरुलाई गृहमन्त्रालयबाट नाका संचालनमा रोक भएको बिषयमा आईतवार साझ सम्म त्यस बारे जानकारी नआएको बताउनुभयो । जिल्लामा कृष्णनगर र सुठौली ठुला नाका र चाकरचौडा छोटी भन्सार लगायत १० नाकाहरु छन । भारतबाट नेपाल आउने नेपालबाट भारत जानेक्रम भने नरोकिएको प्रजिअ पौडेलले बताउनुभयो । कोरोना भाईरसको संक्रमण फैलन नदिन जिल्लाका कृष्णनगर सुठौली र चारकचौडा नाकामा बिशेष निगा्रनी राखिएको उहाँले बताउनुभयो । ती नाकाहरुमा स्वास्थ्यकर्मी सहीतको हैल्प डेस्क संचालनमा ल्याईएका छन । ती नाकाबाट आउ जाउ गर्ने मानिसहरु मध्ये ज्वरो र रुाखोकी लागकाहरुलाई निग्रानी गरिने पौडेलले बताउनुभयो । खुलारुपमा नाकाहरुमा निर्वाध आउजाउले गर्दा कोरोनाको सक्रमण फैलन उच्च जोखिम रहेको स्वास्थयकर्मी बताउछन । भारतको लखनउ, दिल्ली, बिहार लगायतका स्थानम कोराना संक्रमण फैलिए पछि जिल्लाबासी त्रसित बनेका छन । 

प्रकाशित : ३ चैत्र २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६