अर्थ-वाणिज्य

हेलिप्याडसहित लुम्बिनी प्रादेशिक अस्पतालको गुरुयोजना यस्तो छ



बुटवल, चैत ४ गते । प्रदेश योजना आयोगले तयार पारेको लुम्विनी प्रादेशिक अस्पतालको गुरुयोजना सोमवार मुख्यमन्त्री शंकर पोखरेललाई हस्तान्तरण गरेको छ । गुरुयोजनामा लुम्बिनी प्रादेशिक अस्पताललाई सुविधा सम्पन्न अस्पतालको रुपमा विकास गरेर आम नागरिकमा स्वास्थ्यमा पहुँच बढाइने उल्लेख छ । 

        गुरुयोजना तयारसंगै अस्पतालले नयाँ जीवन पाउने भएको छ । प्रदेश सरकारले प्रदेश गौरवको आयोजनाका रुपमा अगाडी सारेको अस्पतालको नयाँ गुरुयोजनामा १० तले अस्पतालको भवन, सवै प्रकारका बिशेषज्ञ सेवा उपलब्ध गराइने छ । प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले अस्पतालको मूख्य भवन १० तले हुने र उत्तरतर्फ रहेको अर्को जग्गामा २० तले व्यवसायीक भवन प्रस्ताव गरि गुरुयोजना वनाइएको बताउनु भयो ।  अस्पतालमा सबै प्रकारका विशेषज्ञ सेवा उपलब्ध गराउनका लागि अत्याधुुनिक भवनको डिजाइन समेत तयार पारिएको छ ।

        गुरुयोजनाको लागत अस्पतालको ६ अर्ब, चिकित्सक क्वाटरको दुई अर्व र वाँकी व्यावसायीक भवनलाई गरि १४ अर्वको लागत अनुमान गरिएको इन्जिनियर विष्णु  पन्थीले बताउनु भयो । दुवै भवनमा दुईतल्ला अन्डरग्राउन हुने र सो पार्किङका लागि प्रयोग गरिने छ । नयाँ भवन बनाएपछि अहिको स्वरुप बदलिने छ भने कतिपय पुराना संरचना हटाएर आकर्षक बनाइने प्रदेश सरकारको योजना छ । भवनको माथि हेलिप्याडको सुविधापनि समावेश गरिएको छ । गुरुयोजना अनुसार छतको हेलिप्याडबाट सिधै इमर्जेन्सीमा झर्ने लिफ्ट समेत रहनेछ । अस्पतालको गुरुयोजना हस्तान्तरण समारोहमा वोल्दै मुख्यमन्त्री पोखरेलले लुम्विनी प्रादेशिक अस्पताललाई नेपालकै मोडेल अस्पतालका रुपमा विकास गरिने बताउनु भयो । नीजि क्षेत्रलाई आकर्षित गर्नका लागि प्रदेश सरकारले अस्पतालसंगै व्यवसायीक भवन समेत वनाउन लागेको बताउदै उहाँले केन्द्र र प्रदेश सरकारको आर्थिक सहयोग र बैक तथा वित्तिय संस्थासंग ऋण लिएर भए पनि पंचवर्षिय योजनामा तयार गरिने बताउनु भयो । गुरुयोजना वनेसंगै अव डीपिआरको काम शुरु गरिने पनि उहाँले बताउनु भयो ।

प्रकाशित : ३ चैत्र २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६