प्रदेश

नेपाली कांग्रेश संगठन सुदृढिकरणमा



  कपिलवस्तु  ४ चैत्र । नेपाली कांग्रेश वाणगंगा नगरपालिका वडा नम्बर ११ मा टोल समितिहरु गठन गरिएको छ । वडा कार्यसमितिको आयोजनामा मंगलबार हथौसा चिरपुरा र देउवापारमा टोल समितिहरु गठन भएको पार्टीका वडा सभापति गोविन्द्र प्रसाद चौधरीले जानकारी दिनुभएको छ । नव गठित टोल समितिको देउवापार सभापतिमा गुणानीधि पौडेल, हथौसामा पार्वती र चिरपुरामा केशबराज चौधरी चयन हुनुभएको छ । गठन कार्यक्रम वडा सभापति थारुको सभापतित्व जिल्ला सदस्य रवि बहादुर काफ्लेको प्रमुख अतिथ्यता, क्षेत्रीय सदस्यहरु भगवादास चौधरी, लक्ष्मी गौतम, नेपाल महिला संघका जिल्ला सदस्य शारदा केसि, पूर्व आमन्त्रित जिल्ला सदस्य होमनाथ अधिकारी पूर्व जिल्ला सहसचिव राम संकर चौधरी, पूर्व क्षेत्रीय सदस्य भग्गु प्रसाद चौधरी, जगनारायण थारु, मंगल थारु लगायत नेपाली कांग्रेशका नेता कार्यकर्ताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको नेपाली कांग्रेशले जनाएको छ । पार्टीलाई क्रियाशिल बनाई पार्टी संगठन सुदृढिकरणका लागि टोल समितिहरु गठन गरिएको जिल्ला सदस्य रवि बहादुर काफ्लेले बताउनुभयो ।

प्रकाशित : ४ चैत्र २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६