प्रदेश

महिला र ब्यापारीलाई ब्ल्याकमेलिङ गर्दै हिडने नक्कली पत्रकार पक्राउ,जनतासंग सिधाकुराको प्रतिनिधी भएको प्रचार



रुपन्देही, ५ चैत्र । आफूलाई पत्रकार हुँ भन्दै सर्वसाधारणलाई ब्ल्याकमेलिङ गर्दै हिडने पाल्पाका कपिल बस्याल पक्राउ परेका छन । बस्यालले बिभिन्न ब्यक्तिहरुलाई रेडियो लुम्बिनीको कार्यक्रम संयोजक हुँ भन्दै परिचय दिने गरेको साथै न्युज २४ को जनतासंग सिधा कुराको रुपन्देही प्रतिनिधि हुँ भन्दै बिभिन्न ब्यक्तिहरु संग सम्पर्क बढाउने र बिस्तारै ब्ल्याकमेल गर्ने गरेको भन्ने उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनलाई पक्राउ गरेको हो । 

बिशेषगरी यस क्षेत्रका ब्यवसायीहरु र महिलाहरु संग सम्पर्क बढाउने र बिस्तारै पैसा मागेर दुःख दिने गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक हेमकुमार थापाले बताउनु भयो । हामीले पत्रकार हुँ भन्दै सर्वसाधारणसँग ब्ल्याकमेलिङ गर्ने गर्दै आएका पाल्पाको बगनासकाली गाउँपालिका वडा नं ७ का २६ बर्षिय कपिल बस्याललाई नियन्त्रण लिएका छौं थापाले बताउनुभयो । बस्याल अत्याधिक मादक पदार्थ सेवन गरेको अवस्थामा रहेकोले बयान हुन नसकेको र सहज भएपछि बयान लिईने थापाले बताउनु भयो । पक्राउ परेका बस्याललाई अनुसन्धान पछि आवश्यक कानुनी कार्वाही प्रक्रिया अगाडी बढाईने जिल्ला प्रहरी रुपन्देही कार्यालयले जनाएको छ ।

प्रकाशित : ५ चैत्र २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६