अर्थ-वाणिज्य

भाइरस प्रकरण :हाटबजार बन्द ,परिक्षा केन्द्रमा हेल्थ डेक्स स्थपना ,बिपद ब्यवस्थापन समिति तयारी अवस्थामा



कपिलवस्तुु ५ चैत कपिलवस्तुको शिवराज नगरपालिकाले नगरभित्र साप्ताहिक रुपमा नगरको विभिन्न स्थानमा लाग्ने कृषि हाट बजार ,पशु बजार संचालनमा रोक लगाएको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोभिड १९ अर्थात कोरोना भाइरसको नेपाल पनि उच्च जोखिममा रहेको भन्दै नगरले यस्तो निर्णय गरेको हो । भारतसँगको खुल्ला सिमानाका संग जोडिएकोले नगरपालिका पनि जोखिममा रहेकोले सर्तकता अपनाउन यस्तो निर्णय गरेको नगरप्रमुख नेत्रराज अधिकारीले बताउनुभयो । नगरपालिकाको विपद व्यवस्थापन समितिले कोरोनाबाट बच्न भिडभाडमा नजान अनुरोध गरेको छ ।

         मंगलबार बसेको विपत व्यवस्थापन समितिको बैठकले उच्च सर्तकता अपनाउने र नगरका जनतालाई सु सुचित गर्न विभिन्न जनचेतना मुलक अभियान संचालन गर्ने, भिडभाड ,भोजभतेर पार्टि ,सभा सम्मेलन नगर्न अनुरोध गरेको छ । हाट बजारहरुमा भिडभाड धेरै हुने र भारतिय व्यापारी पनि  गर्न आउने हुनाले संभावित कोरोनाको संक्रमण फैलिन नदिन हाट बजार संचालन रोकिएको विपद व्यवस्थापन समिति संयोजक तथा नगर प्रमुख अधिकारीले बताउनुभयो ।  विश्वका अधिकांश देशमा कोरोनाको संक्रमण तीव्र रुपमा फैलिरहेको छ । नेपालमा भने अहिले कुनै पनि व्यक्तिमा कोरोनाको संक्रमण भएको पाइएको छैन् । कोरोनाको संक्रमण नदेखिएपनि सरकारले सचेत रहदै संक्रमणबाट बच्ने उपायहरु अपनाउनु पर्ने उहाले बताउनुभयो । 

       कोरोनाको संभावितहरुका लागी नगरपालिकामा रहेको संजिवनी सामुदायिक अस्पताल र चन्द्रौटा हस्पिटल प्रा.लि.मा तत्कालका लागी १ ÷१ वटा आइशोलेशन वार्ड तयार गर्न लगाइएको प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले बताउनुभयो । खुला सिमा रहेको र भारतमा समेत कोरोना भाइरसको संक्रमण देखिएको अवस्थामा कृष्णनगर नाकामा स्वास्थ्य हेल्प डेक्स संचालन भएको छ । अहिले भारतबाट नेपाल तर्फ आउनेहरुको संख्या चाढपर्वमा जस्तै बढेकोले अझ सतर्कता अपनाउनु पर्ने उहाले जानकारी दिनुभयो । धेरै भन्दा धेरै अपनाउनु पर्ने सर्तकताबारे संचार माध्यमबाट प्रचार प्रसार भइरहेको पौडेलले बताउनुभयो । ६ गतेबाट संचालन हुने एसइइ परिक्षाका केन्द्रहरुमा पनि हेल्थ डेक्स राखिने स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराईले बताउनुभयो ।  सबै स्वास्थ्य कर्मिहरुलाई अत्यावश्यक बाहेक विदामा नवस्न अनुरोध समेत गरिएको उहाँले जानकारी दिनुभयो । 

प्रकाशित : ५ चैत्र २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६