प्रदेश

एसईई परिक्षा स्थगित , कम्तीमा १ महिना पछि सर्यो


५ चैत्र २०७६, बुधबार


काठमाडौं ५ चैत  सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ ।कहिले सम्म भन्ने कुनै खुलाएको छैन तर चैत्र मसान्तसम्म सबै विधालयमा विदा दिने निर्णय यसअघि शिक्षा मन्त्रालयले गरि सकेकाले कम्तीमा पनि चैत्र भरकालागि एसईई स्थगित हुन पुगेको श्रोतको भनाईछ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको  जानकारी दिनु भयो ।एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो ।

        स्थगित परीक्षा कहिले सञ्चालन गर्ने भन्ने औपचारीक  निर्णय सरकारले  गरेको छैन ।यस वर्ष करिब ५ लाख भन्दा बढी विद्यार्थीले एसईई परीक्षा दिँदै थिए ।बुधबार अपरान्ह बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले एसई परीक्षा स्थगित नगर्ने र सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको थियो ।तर लगत्तै बसेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सचिवालय समितिको बैठमा नेताहरुले एसईई परीक्षा स्थगित गर्नुपर्ने धारणा राखेपछि  उच्च स्तरीय समिति संयोजक पोखरेलले बुधबार कै निर्णय हुने गरी एसईई स्थगित भएको जानकारी दिएका हुन् ।

प्रकाशित : ५ चैत्र २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे