प्रदेश

चिट खोस्ने अभद्र शैलीले बालिकाको ज्यान गयो ,नगरवाट गएको अनुगमन टोलीमा को को थिए ,के कस्तो ब्यवहार गरे र यस्तो घटना भयो ?



कपिलवस्तु  ५ चैत पढाउने बेलामा शिक्षकले कस्तो गरेकाछन् ? लापरवाही गरेकाछन् की छैनन् भन्ने ख्याल नगर्ने तर परीक्षा लिदा आवश्यक्ता भन्दा बढी कडाई गर्ने विद्यमान शैक्षिक प्रशासनिक शैलीका कारण कपिलवस्तुमा एक बालिकाले ज्यान गुमाएकीछन् ।कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा रहेको नेपाल आर्दश माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यानरत एक विद्यार्थीले आत्महत्या गरेकी हुन्  । 

    प्रधानाध्यापक मुक्ति  पोख्रेलले  नगरपालिकावाट टोली अनुगमनमा आएको आफूले जानकारी पाएपनि सो दिन तौलिहवामा भएको एक कार्यक्रममा गएकाले टोलीमा कोको थिए जानकारी नरहेको वताउनु् भयो । उहाले ती वालिका गोरखावाट पारिवारीक बसाई सराईका क्रममा गतवर्ष मात्र यहा आएको र कक्षा ८ वाट पढाएकाले उनको विगतवारे कुनै जानकारी नभएको वताउनु भयो । अनुगमन टोलीले गाइड भेटाएछ केहिछिन वाहिर निकालेछ कपि खोसेछ तर वालिका रोएपछि कपि फिर्ता दिएर टोली गएछ भन्ने जानकारी आफूले पाएको उहाले वताउनु भयो । 

        यता परिक्षा चलेका वखत विद्यालयमा रहनु भएका सहायक प्रअ शैलेश कुमार गुप्ताले अनुगमन टोलीमा शिवराज नगरवाट ३ जना आएको वताउनु भयो । उहाले शिक्षा शाखाका प्रमुख लोकराज पन्थीलाई चिनेपनि अरु २ जनालाई नचिनेको वताउनु भयो । मेयर उपमेयर आएका थिएनन् कर्मचारीलाई मैले चिनेन उहाले भन्नु भयो । चिट खोस्दा वालिकामा मनोबैज्ञानिक दवाव परेको हुन सक्छ वालिका सोझी थिइन त्यही भएर यस्तो घटना घट्यो होला उहाले भन्नु भयो । यताशिक्षा शाखा प्रमुख लोकराज पन्थीको प्रतिकृया लिन खोज्दा उहा टेलिफोन संपर्कमा रहनु भएन् ।सो मावि एक समय नमुना विद्यालय मानिन्थ्यो। 

चैत ३ गते पेशा व्यावसाय विषयको परिक्षा दिदै गर्दा अनुगमन टोलीले चिट खोसेपछी विद्यालयको बदनाम भएको कारण आत्महत्या गरेको सुसाईड नोट लेखेको भेटिएको हो ।शिवराज नगरपालिका वडा न १ उमरी बस्ने १८ वर्षिय सिमा विकले आत्महत्या गर्नुको कारण आफुले विद्यालयको बदनाम भएको  कारण माफि माग्न लाएक नभएको पत्रमा लेखिएको छ । मंगललवार सुरही सामुदायिक बनमा जामुनको रुखमा झुण्डिएको अवस्थामा स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए । विकले एक साथिमार्फत पत्र दिएर प्रध्यानाध्यापकलाई बुझाई माफि मागिदिन अपिल गरेकी छिन् ।

     “मेरो सानो गल्तिले विद्यालयको बदनाम भएको छ, म यो समाजमा मुख देखाउन लाएक छैन, म मर्न चाहान्छु, मलाई माफि दिनुहोला” पत्रमा उल्लेखछ । चिट भटेपछि शिक्षकले विद्यार्थीहरुको प्रवेश पत्र र उत्तर पुस्तिका केहि समयको लागि खोसेका थिए ।  उनले २ पेजको नोटमा भावुक शव्दहरु लेखेकि छिन् । अनुगमनको घटना चैत्र ३को हो वालिकाको मृत्यू चैत्र ४मा भएको हो । 

प्रकाशित : ५ चैत्र २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६